Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

तमिलनाडुमा भारी वर्षाको आशंका, आसपासका जिल्लामा विद्यालय बन्द





न्यू दिल्ली ।

भारतको तमिलनाडुमा भारी वर्षाको सम्भावनाका कारण धेरै जिल्लाहरूमा रेड अलर्ट जारी गरिएको छ। प्रशासनले चेन्नई र वरपरका जिल्लाहरूमा विद्यालयहरू बन्द गर्न आदेश दिएको छ।

भारतीय मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको दक्षिण–पश्चिममा रहेको चापीय प्रणाली गहिरो भएकाले फेङ्गल नामको आँधी बन्ने सम्भावना रहेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार बुधबार यो दबाब उत्तरपश्चिमतर्फ सर्नेछ र चक्रवातको रूप लिन सक्छ। मौसम विभागका अनुसार तमिलनाडु र आसपासमा बिहीबारसम्म वर्षा जारी रहनेछ। अहिले चेन्नईमा लगातार पानी परिरहेको छ ।

प्रशासनले माछा मार्नेहरूलाई समुद्रमा जान प्रतिबन्ध लगाएको छ। त्यहाँका दुई जिल्लामा भारी वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ।

आगामी शुक्रबारसम्म वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।