Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मंगलवारदेखि जनकपुरधामको सम्पूर्ण विद्यालय खुल्ने, ३० दिन भित्र छात्रवृति लगायतका समस्याहरु समाधान गरिने

एक महिना भित्रै शिक्षा सुधारका लागि कार्यविधि बनाइने





सुजीतकुमार झा
जनकपुरधाम ।

छात्रवृतिको विषयलाई लिएर विद्यार्थी र जनकपुरधामका निजि विद्यालय क्याम्पस बीच देखिएको विवादको आज पटाक्षेप भएको छ । भोलि मंगलवारदेखि सम्पूर्ण शैक्षिक संस्थान खोलिने सहमती भएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा आज सर्वपक्षिय बैठकमा समस्या समाधानका लागि ३० दिनको समय निर्धारण गरिएको छ । आजको बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि, नेविसंघ, अनेरास्ववियू, हिसान, प्याबसन, एनप्याबसन, व्यापारी र नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
जनकपुरधाम उपमहानगरपालिकाका निमित कार्यकारी अधिकृत धीरेन्द्रलाल कर्णले बैठकपछि मोडेल खबरसँग कुरा गर्दै मंगलवारदेखि जनकपुरधामको सम्पूर्ण विद्यालय खुल्ने, ३० दिन भित्र छात्रवृति लगायतका समस्याहरु समाधान गरिने जानकारी दिनु भयो । एक महिना भित्रै शिक्षामा देखिएका सबै सुधारका लागि कार्यविधि बनाइने समेत निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
बैठक ३ घण्टा सम्म चलेको थियो । कार्यविधि, छात्रवृति समस्या सहितका कार्यका लागि अनेरास्ववियू, हिसान, प्याबसन, एनप्याबसनबाट २ जना, व्यापार संघवाट १ जना, नागरिक समाजबाट १ जना र अन्य गरी ७ सदस्यीय कमिटी बनाइने निर्णय गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा समितिका प्रमुखको नेतृत्वमा दूई दिन भित्रै सो कमिटी बनाइने छ ।
आजको निर्णयबाट हामी सहमत छौ हिसानका अध्यक्ष संजीब ठाकुरले बताउनुभयो । नागरिक समाजको उपस्थितिमा वार्ता भएर समस्यासमाधान भएकोमा हामी खुशी छौ बताउँदै उहाँले भन्नुभयो – हामी इमान्दारीपूर्वक निर्णयको पालना गर्छौ र ३० दिन भित्र सबै समस्या समाधान होस त्यसका लागि पहल पनि गर्नेछु ।
नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य आशुतोष झाले हामी विवाद बढाउन होइन समस्या समाधान गर्न आएकोले समस्या समाधान होस त्यो चाही रहेको बताउनुभयो । एक महिना हामी निर्णय प्रतिक्षा गर्छौ मोडेल खबरसँग उहाँले बताउनुभयो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष मनोज साहले हामी नगरका समस्यालाई समाधान गर्न नेतृत्वदायी भूमिका खेलेको जानकारी दिनुभयो । नगरका अन्य समस्याहरु समाधानका लागि अगामी दिनमा पहल गरिने उहाँले जानकारी दिनुभयो ।
आजको बैठकमा नगरपालिकाका अधिकारीहरु उपस्थित रहेपनि मेयर मनोज साह सहभागि भएका थिएनन ।