

काठमाडौँ ।
नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने भएको छ ।
अन्तर्राष्ट्रिय सेक्टरहरूको इकोनोमी क्लासमा माथिल्लो भाडादरका टिकट नबेच्ने निर्णय भएको नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । राष्ट्रिय ध्वजावाहकले राष्ट्रिय दायित्व निर्वाह गर्दै यस्तो निर्णय गरेको उनको भनाइ छ ।
अब नेपाल वायु सेवा निगमले इकोनोमी क्लासको लागि सस्तो भाडादरका टिकट मात्र विक्री गर्नेछ ।
नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर टिकट बेचेको पाइए कारबाही गरिने पनि निगमले जनाएको छ ।
