Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुन आयातमा गिरावट





काठमाडौं ।
सुन आयातमा भारी गिरावट आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष पहिलो चौमासिक (साउन–कात्तिक) सम्म १ लाख ३२ हजार ५ सय ६४ ग्राम (१३२.५६४ किलो) सुन आयात भएको छ ।
यसका लागि १ अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ विदेशिएको छ । सुन आयातबाट राज्यले २८ करोड ५५ लाख रुपैयाँ राजस्व उठाउन सकेको छ ।
उता, गत आव पहिलो चौमासिकमा १० लाख ५ सय ग्राम (१०००.५ किलो) सुन आयात भएको थियो । जसका लागि ८ अर्ब २० करोड ८१ लाख रुपैयाँ विदेशिएको थियो । राज्यले १ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
सुनको गहना आयात भने पहिलो चौमासिकमा केही वृद्धि भएको छ । अघिल्लो आव कात्तिकसम्म ११ करोड ३२ लाख रुपैयाँ बराबर गहना आयात भएकोमा यस वर्ष भने १९ करोड ८ लाख रुपैयाँ बराबर भएको छ । काँचो सुनमा भारी गिरावट आउनुमा एकातर्फ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दा खपत कम हुनु र अर्कातर्फ मुलुकभित्र कर वृद्धि हुनु समेत कारण हो ।