

जनकपुरधाम ।
निजि विद्यालय र क्याम्पस सञ्चालकहरुले वार्तामा जनकपुरधामको मेयर गम्भीर नरहेको आरोप लगाइरहेको बेला जनकपुरधाम उपमहानगरपालिकाले आज एउटा विज्ञप्ति सामाजिक सञ्जालमा राखी कारबाही गर्ने धम्की दिएको छ ।
नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रलाल कर्णले शनिवार विज्ञप्ति जारी गरी निजि विद्यालय र क्याम्पसहरुले निःशुल्क छात्रवृति सम्बन्धि व्यवस्था कार्यान्वयन वा विद्यालय बन्द राखेमा कानून बमोजिम कारवाही गर्ने जनाएका छन् ।
छात्रवृतिको छनौट कुन प्रक्रियाले गरेको त्यसको समेत जानकारी नगरपालिकाले निजि विद्यालय र क्याम्पसका एशोसिएशनलाई उपलब्ध गराइरहेको छैन । कार्यविधि बनाउनमा समेत उदासिन रहेका नगरपालिकाले कहिले देखि कारवाही प्रक्रिया बढाउने यस विषयमा स्पष्ट पारेको छैन ।

