

जनकपुरधाम
नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य आशुतोष झाले छात्रवृतिको अर्थ शतप्रतिशत माफ हुनुपर्छ यो बाहेकमा हामी सम्झौता गर्दिन बताउनु भएको छ । मोडेल खबरको पोडकास्ट चैनलसँग कुरा गर्दै नेता झाले हामी विद्यार्थीको पक्षमा मात्र छौ यताउति ताक्नेवला छैनौ उल्लेख गर्नुभयो ।
झा केन्द्रिय सदस्यका अतिरिक्त मेरो शिक्षा मेरो प्रश्न कार्यक्रमको केन्द्रिय प्रतिनिधि समेत रहेका छन् । उहाँले भन्नुभयो – नगरप्रमुख मनोज साहले विहिवार नै समस्या समाधान हुने आश्वासन दिएका थिए तर आजपनि हामी प्रतिक्षा गरिरहेका छौ ।
एक अर्को प्रश्नमा नेता झाले विद्यालय सञ्चालकहरुसँग पनि टेबुलमा बस्न कुनै आपति छैन, हामी शुरु देखि नै भन्दै आएका छौ बताउनुभयो ।
जनकपुरधामका विद्यार्थीलाई काठमाडौ पुरयाउने नेविसंघको योजना त छैन यस प्रश्नमा उहाँले भन्नुभयो – काठमाडौ होइन जनकपुरधाममै राख्न चाहन्छौ तर व्यवस्थित तरिकाले ।
भिडियो रेकर्डिगं गरेर कलेजको अनुगमन किन गर्नुभयो ? विद्यालय कहिले खुल्छ ? जनकपुरधामको नगरप्रमुखको भूमिकासँग तपाई कति सन्तुष्ट हुनुहुन्छ ? जनकपुरधाम बाहेक नेविसंघको अरु कुन–कुन ठाउँमा आन्दोलन भइरहेको छ ? छात्रवृति पछि शिक्षाको अरु समस्या कहिलेदेखि उठाउने ? निजि विद्यालयलाई टार्गेट गरेर आन्दोलन गरिरहनु भएको छ तर सामुदायिक विद्यालयमा छात्रवृति समस्या त्यही समस्या रहेको छ सामुदायिकलाई किन नजरअन्दाज गरिरहनु भएको छ ? यी बाहेकका दर्जनो जिज्ञासा बुझन केहीबेरमै https://www.youtube.com/@ModelKhabar हेर्न नभुल्नु होला ।
