

जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगरप्रमुख लालकिशोर साहले जनकपुरधामका निजि विद्यालयहरु अविलम्ब संचालनमा ल्याउन सरोकारबला पक्षहरुसंग आग्रह गरेका छन् ।
सामाजिक संजाल फेसबुकमा एक पोस्ट लेख्दै उनले विद्यालयहरु अविलम्ब संचालनमा ल्याउन अपिल गरेका हुन् । उनले लेखेका छन् ‘जनकपुरधाम उपमहानगरपालिका क्षेत्र अन्तर्गतको निजी÷संस्थागत विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्, जसले गर्दा हजारौं वालवालिकाहरु पठन–पाठन बाट वञ्चित भएका छन् । शिक्षा जस्तो अति महत्वपूर्ण एवं सम्वेदनशील क्षेत्रको अस्तव्यस्तता र अनिश्चितताले समाजको भविष्यमाथी नै प्रतिकूल असर पर्ने भएकाले गम्भीर भएर अविलम्ब समस्या समाधानको मार्ग प्रशस्त गर्नु÷ गराउनु अपरिहार्य रहेको छ ।’
उनले बालबालिकाको भविष्यलाई दृष्टिगत गरी आ–आफ्नो आग्रह÷पूर्वाग्रहलाई त्यागेर विद्यालय संचालक, विद्यालय व्यबस्थापन, विद्यार्थी संघ÷ संगठन, जनकपुरधाम उपमहानगरपालिका, नागरिक समाज तथा सम्पूर्ण सरोकारबला पक्षसंग अपिल गरेका हुन् ।
जबकि साह आफै नगरप्रमुख हुँदा समेत जनकपुरधाम उपमहानगर भित्रको शिक्षा क्षेत्र अस्तव्यस्त भएको अनुभव नगरवासीलाई छ । उनी नगरप्रमुख हुँदा शिक्षक दरबन्दी मिलानमा चरम लापरवाही गरेपछि यहाँका सामुदायिक विद्यालयहरु नराम्ररी प्रभावित भएको थियो ।
