

जनकपुरधाममा हुने सीता–राम विवाह पञ्चमी महोत्सवपूर्व रामजन्म भूमि अयोध्यामा पहिलो पटक तिलकोत्सव गरिएको छ । तिलकोत्सवका लागि मधेशका मुख्यमन्त्री सतिश सिंह, मन्त्रीहरु, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र विश्व हिन्दू परिषद्को टोली अयोध्या पुगेका हुन् । टोलीको नेतृत्व मुख्यमन्त्री सिंहले गरेका छन् । अयोध्यामा माता सीताको अभिभावकको भूमिका मुख्यमन्त्री सिंहले निर्वाह गरे ।






