Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधामको विवाहपञ्चमी महोत्सवपूर्व अयोध्यामा भगवान रामको तिलकोत्सव





जनकपुरधाम ।
जनकपुरधाममा हुने सीता–राम विवाह पञ्चमी महोत्सवपूर्व रामजन्म भूमि अयोध्यामा पहिलो पटक तिलकोत्सव गरिएको छ । तिलकोत्सवका लागि मधेशका मुख्यमन्त्री सतिश सिंह, मन्त्रीहरु, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र विश्व हिन्दू परिषद्को टोली अयोध्या पुगेका हुन् । टोलीको नेतृत्व मुख्यमन्त्री सिंहले गरेका छन् । अयोध्यामा माता सीताको अभिभावकको भूमिका मुख्यमन्त्री सिंह र उत्तराधिकारी महन्थ रामरोशनले निर्वाह गरे ।
श्रीराम मन्दिर ट्रष्टका सचिव चम्पत राय भगवान श्रीरामको अभिभावकको भूमिका निर्वाह गरेका हुन् । नेपाल भारतका प्रतिनिधिहरुलाई राखेर मन्त्रोचारण गरी तिलकोत्सव गराइएको हो । सो समारोहमा ठूलो संख्यामा साधुसन्त सहभागी भएका थिए ।
विवाह अगाडि बेहुलीको आफन्त बेहुलाको घर पुगेर तिलकोत्सव गर्ने परम्परा रहेको छ । विवाह पञ्चमी यस वर्ष मंसिर २१ गते परेको छ । अयोध्याबाट जन्ती मंसिर १८ गते आइपुग्नेछ । जन्ती चार दिन जनकपुरधाममा बसेर मंसिर २२ गते अयोध्या फेरी फर्किनेछ ।