Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतीय प्रधानमन्त्री मोदी नाइजेरियामा





एजेन्सी ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नाइजेरिया, ब्राजिल र गुयानाको पाँच दिने भ्रमण सुरु गरेका छन् ।
यस भ्रमणको पहिलो चरणमा मोदी शनिबार राति नाइजेरियाको राजधानी अबुजा पुगेका छन् । नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनाबुले अबुजा विमानस्थलमा मोदीलाई स्वागत गरेका छन् ।
यस स्वागतका लागि भारतीय प्रधानमन्त्री मोदीले नाइजेरियाका राष्ट्रपतिलाई धन्यवाद दिएका छन् । साथै यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार नाइजेरियाको भ्रमण सकेर प्रधानमन्त्री मोदी ब्राजिल प्रस्थान गर्ने छन् । त्यहाँ उनले जी–२० सम्मेलनमा भाग लिनेछन् । यसपछि मोदी राष्ट्रपति मोहम्मद इरफान अलीको निमन्त्रणामा गुयाना जानेछन् । बितेका ५० वर्षमा कुनै भारतीय प्रधानमन्त्रीले पहिलोपटक गुयानाको भ्रमण गर्न लागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।