

जनकपुरधाम ।
सर्लाहीको बरहथवाबाट प्रहरीले लागू औषध गाँजासहित दुईजना युवालाई पक्राउ गरेको छ । बरहथवा नगरपालिका– १६ गंगापुरस्थित बागमती नदी किनारबाट प्रहरी नायव निरीक्षक अमेन्द्र रायको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– ८ पाँचतले निवासी २९ वर्षीय वाङ दार्जे थिंङ र सर्लाहीको हरिवन नगरपालिका– ४ तीनघरे बस्ने ३० वर्षीय सागर लामा छन् । उनीहरुको साथबाट ११ किलो गाँजा र बागमती प्रदेश ०२–०२१ प २४४४ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उनीहरुलाई जिल्ला अदालत सर्लाहीबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बरहथवाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
