Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कमला स्नानका लागि आएका साधुसन्तहरुलाई सम्मान, सतोषरघाटमा भण्डारा पनि गरियो





जनकपुरधाम
कातिक पूर्णिमाका दिन कमला स्नान गर्न नेपाल भारतको विभिन्न स्थानबाट आएका साधुसंतहरुलाई नेपाल भारत खुला सीमा संवाद समूहले स्वागत एवं सम्मान कार्यक्रम गरेको छ । धनुषाको सतोषरघाटमा भएको सो कार्यक्रममा सयौ साधुहरुको सहभागिता रहेको थियो ।
साधुलाई सम्मान गर्ने युगोदेखि चल्दै आएको परम्पराको आफूहरु निरन्तरता दिएको नेपाल भारत खुला सिमा संवाद समूहका केन्द्रिय अध्यक्ष राजीव झाले बताए । उहाँले कमला नदी नेपाल भारतको मित्रताको प्रतीक रहेकाले यो नदीमा स्नान गर्न आउनेहरुलाई आफूहरु विशेष सम्मानका साथ हेर्ने गरेको उल्लेख गरे ।
समारोहमा समूहका केन्द्रिय सचिव अनिल सिंह, मधेश प्रदेश सहसंयोजक दीपक यादव, धनुषा जिल्ला अध्यक्ष मनोज साह, कार्यालय सचिव कृष्ण कुमार साह, रास्ट्रीय मुक्ति पार्टी संजय सिंह सहित समूहका धनुषा र महोत्तरीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
करीब २५०को संख्यामा रहेको साधु संतहरुलाइ च्युरा, दही चिनी, तरकारी अचारको भण्डारा गरिएको छ ।
कार्तिक पूर्णिमा हिन्दू धर्मको पवित्र पर्व हो, जसमा विशेषगरी धार्मिक अनुष्ठान, स्नान, र पूजापाठ गर्ने गरिन्छ । यो दिन गंगा, सरयू, यमुना, र नेपालका नदीहरूमा स्नान गर्ने परम्परा रहेको छ । जनकपुरधाम क्षेत्रका श्रद्धालुहरूको लागि विशेषगरी कमला नदीमा स्नान गरेर पुण्य प्राप्त गर्ने मान्यता रहेको छ ।
कमला नदी नेपालको सिन्धुली जिल्लामा माइथान नजिकको चुरे क्षेत्रबाट सुरु हुने नदी हो । यो नदी सिन्धुली हुदै उदयपुर, सिरहा र धनुषाको सिमाना हुँदै सिधै भारतको गंगा नदीमा गएर मिसिन्छ ।