Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

७ सय वर्षअघि विद्रोह लेख्ने कवि ‘विद्यापति’

जसले उहिल्यै समानताकालागि आवाज उठाए





आज कार्तिक धवल त्रयोदशी । मैथिली भाषाका महाकवि विद्यापतिको अवसान भएको दिन । मैथिली आधूनिक साहित्यलाई उर्जा प्रदान गर्ने कविकोकिल विद्यापति आफ्नो साहित्य रचनाको माध्यमले आज पनि जनमानसमा जिवित छन् ।
मैथिल क्षेत्रमा उनलाई कविभन्दा पनि गीतकार रुपमा समेत व्याख्या गर्ने गरिन्छ । कविकोकिल विद्यापतिको जन्म भारतको विहार राज्यको मधुवनी जिल्लाको विस्फीमा जन्म भएको मानिन्छ । उनको जन्मको विषयमा यकिन तिथिको विषयमा यकिन तथ्यांक नरहेपनि सन १३४०देखि सन१३७५को मध्यमा भएको हुन सक्ने अनुमान गरिन्छ । उनको जन्मको विषयमा यकिन तथ्यांक नरहेपनि विद्यापतिले लेखेका छन् ।
मायबाप जो सदगति पाब
सन्तति अनुपम सुख आब ।
विद्यापति आयु अवसान
कार्तिक धवल त्रयोदशी जान ।।
अर्थात कविकोकिल विद्यापतिले आफ्नो अन्तिम श्वाँस कार्तिक धवल त्रयोदशी तिथिकै दिन लिएका थिए । सोही स्मरणमा मैथिलहरु विद्यापति स्मृति दिवस प्रत्येक वर्ष मनाउँदै आई रहेका छन् ।
विद्यापतिका पिता गणपति ठाकुर मिथिलाका तत्कालिन राजा कीर्ति सिंह र शिव सिंहका दरबारिया कवि थिए । पिता पनि कवि भएकै कारण उनमा पनि साहित्यप्रतिको रुचि बढ्न गएको हुन सक्ने अनुमान गरिन्छ । विद्यापतिको काव्य रचनाहरुमा काव्य साधनाका तीन पक्ष देख्न सकिन्छ । उनको रचनामा आश्रय दाताका लागि यशोगान, श्रृंगार वर्णन र भक्तिभावना पाइन्छ । अभिनव जयदेव, मैथिल कोकिल, रससिद्ध कवि, कवि शेखर, रसिक शिरोमणि, शेखर, कविरत्न, कविरत्न कण्ठाहार आदि विशेषण एवं उपनामले उनलाई चिनिन्छ ।
विद्वानहरुका अनुसार विद्यापतिको काव्यिक रचनामा विषय सुहाउँदो रस र भाषा चयन सटिक रहेको पाइन्छ । विद्यापतिले वीररसका लागि अवहट्ट भाषालाई रोजेका थिए भने भक्ति र श्रृंगार गीतका लागि मैथिली भाषालाई छनौट गरे । आध्यात्म वा शास्त्रजन्य व्यवहारका लागि र राजा वा राजपरिवारको सदस्यको यशोगानका लागि संस्कृत भाषाको सहारा लिएको पाइन्छ । विद्यापति कवि अतिरिक्त भूगोलका ज्ञाता, इतिहासकार, राजनीतिज्ञ, कर्मकाण्डी सँगै समाज सुधारक समेत थिए । यो कुरोको प्रमाण विभिन्न धार्मिक ग्रन्थहरुले प्रमाणित गर्छ । उनी दरवारिया कवि रहेपनि दरबारमा मात्रै लिप्त थिएनन् । उनी गरिब, धनी, ऊचनीच सबैप्रति समान दृष्टि राख्थे भन्ने कुरा उनका काव्यकृतिहरूले झल्काउँछ ।
तत्कालीन समाजमा नारीको स्थान के कस्तो थियो ? नारीको प्रेम र विवाह, बालविवाह, बहुविवाह जस्ता विषयमा उनले आजभन्दा ७ सय वर्ष अगाडी आफ्ना कविताहरुको माध्यमले कडा प्रहार गरेको पाइन्छ । त्यस्तै आमा, सासू, स्त्रीधन, सतीप्रथा, वेश्याको सामाजिक स्थिति, नारीको शृंगार जस्ता व्यक्तिगत एवं सामाजिक जीवन उनका काव्य रचनाहरुले झल्काउँछ । त्यससँगै मिथिलाको आर्थिक स्थिति, खान पान, भेषभूषा, धार्मिक स्थिति पनि उनको काव्य रचनाहरुमा देख्न सकिन्छ ।
विद्यापतिको काव्य रचनामा उनी कतै वैष्णव भक्ति त कतै शैवमार्गतिर उन्मुख भएको देखिन्छ । तर, उनको काव्यले मनुष्यकोे मानसिक धरातल माथि उठाउन मद्दत गर्छ र भविष्यप्रति आशा जगाउँछ । उनलाई विश्व मानवधर्मका पक्षपाती रहेको देख्न सकिन्छ । हाम्रै गाउँघरका सामान्य पति पत्नी विद्यापतिको काव्यमा राधा र कृष्णको रूपमा प्रस्तुत भएका छन् । महाकवि विद्यापति आफ्ना पदावलीमा तात्कालिक समाजमा विद्यमान अप्रासंगिक बनिसकेका रुढी, सामाजिक विसंगतिप्रति आक्रोश पोख्नुका साथै व्यंंग्य गरेको पाइन्छ ।
पिया मोरा बालक हम तरुनी
कोन तप चुकलौंह भेलौंह जननी ।
पहिरलेल सखी एक दखिनक चीर
पियाके देखैत मोर दगध शरीर ।
पिया लेली गोदकै चलली बजार
हटियाके लोग पूछे के लागू तोहार ।
नही मोरा देवर ई नही छोट भाइ
पूरव लिखल छल बालमु हमार ।
यस गीतमा बेमेल विवाहका विसंगतिलाई विनोदी शैलीमा व्यंग्य गरिएको पाइन्छ । यससँगै नायिकाको यौवनजनित प्रकृत चाहनाको उच्छ्वासलाई दर्शाउँछ । यहाँ नारी मूल्यकोे सामाजिक स्खलनलाई सटिक र सुन्दर ढंगले अभिव्यक्त भएको छ र विरहको चित्र पनि स्वस्थ रूपमा प्रस्तुत गरिएको छ ।
सखी कि पुछसी अनुभव मोए
से हो पिरित अनुराग बखानिए
तिल तिल नूतन होए
जनम अवधि हम रूप निहारल
नयन न तिरपित भेल……
प्रियतमलाई आफ्नो बनाउन सफल भएपछि नायिकालाई प्रणयभावनामा एक विशेष प्रकारको आत्मविश्वास उत्पन्न हुन जान्छ । यस्तोमा सखीहरू अत्यन्त उत्सुक भएर यसको कारण जान्न खोज्छन् । सोही प्रसंगलाई यो गीतले दर्शाउँछ । त्यसैगरी कृष्णलाई कामकलाको ज्ञान छैन भन्छे । यहाँ कवि एक प्रबुद्ध कामशास्त्रीको रूपमा प्रस्तुत भएका छन् ।
जे किछु कभु नही कला रस जान
नीर खीर दुहु करए समान
तन्ही सों कहाँ पिरित रसाल
बानर कण्ठ कि मोतीय माल
भनही विद्यापति इह रसजाने
बानर मुँह कि सोभय पान ।
आजको मान्यतालाई ब्रह्मबैवर्त पुराण आदिमा राधा कृष्णको कामक्रीडालाई जसरी चित्रण गरिएको छ, त्यसमा अश्लीलताको आक्षेप लगाउने ठाउँ छ । तर विद्यापतिकी नायिका राधा त्यो रतिरागलाई अत्यन्त शिष्ट भाषामा पोख्छे ।
हँसी हँसी पहु आलिंगन देल
मनमथ अंकुर कुसमित भेल
जब निविबन्ध खसाओल कान
तोहर शपथ हम किछु नहीँ जान ।