Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रास्वपा सांसदविरुद्ध अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश





काठमाडौं ।
प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका सांसदहरुविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने भएको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गरेको निवेदन दर्ता गर्न आदेश गरेको हो । अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र आम जनतालाई उतारेर न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए ।
सो निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । त्यसपछि अधिवक्ता भट्टराई दरपीठविरुद्ध पुनः सर्वोच्चमा गएका थिए । सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शर्माले दरपीठको आदेश बदर गरिदिएका हुन् । आदेश बदर भएसँगै रास्वपाका सांसद र पदाधिकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने भएको छ । अधिवक्ता भट्टराईले रास्वपाका केन्द्रीय पदाधिकारी, बागमती प्रदेशका प्रदेश सभापति र २० जना सांसदविरुद्ध अदालतको अवहेलनाको निवेदन दिएका थिए ।