

काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बुटवल लगिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई मंगलबार कास्कीको पोखराबाट बुटवल लगिएको हो ।
लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न मंगलबार बिहान बुटवल लगिएको हो । यसअघि छविलाल जोशी बन्जाडेलाई बुटवल लगेर बयान सकिएपछि पोखरा नै फिर्ता गरिएको थियो ।
