

एजेन्सी ।
भारतको केरला सरकारले दुई भारतीय प्रशासनिक सेवा (आईएएस)का अधिकारी के गोपालकृष्णन र एन प्रशान्तलाई निलम्बन गरेको छ । उनीहरूले अनुशासन भंग गरेको आरोप छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार गोपालकृष्णनलाई धर्मका आधारमा ह्वाट्सएप ग्रुप बनाएको आरोप लगाइएको छ भने एन प्रशान्तलाई वरिष्ठ अधिकारीहरूको आलोचना गरेको आरोप छ । अंग्रेजी अखबार द टाइम्स अफ इन्डियाका अनुसार गोपालकृष्णनसँग सम्बन्धित विवाद अक्टोबरको अन्त्यमा सुरु भएको हो । केरला क्याडरका धेरै आईएएस अफिसर मल्लु हिन्दु अफिसरको नाममा बनाइएको ह्वाट्सएप समूहमा जोडिएका थिए । जसमा धेरै अधिकारीले आपत्ति जनाएका थिए । तर, गोपालकृष्णनले आफ्नो फोन ह्याक भएको दाबी गरेका थिए ।
