

जनकपुरधाम ।
पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सातवटै प्रदेशको सरकारलाई आफनै प्रहरी प्रशासन र कर्मचारी हुनुपर्नेमा जोड दिनु भएको छ । उहाँले प्रतिवद्धता गरेको अधिकार नदिनु अन्याय रहेको समेत बताउनुभयो ।
धनुषाकोे नगराईनमा आयोजित कांग्रेस नेता स्वर्गीय नेवी नदाफको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता निधिले नदाफको योगदानको समेत चर्चा गर्नुभयो ।
धनुषा क्षेत्र नं. ३ का पटक पटक क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि सहित पार्टीको संगठन निर्माणमा शिक्षक हुँदा सिन्धुली सहित धनुषा ३ मा आधिकार संगठन निर्माण प्रारम्भकर्ता नदाफ रहेको बताउँदै निधिले स्व. नदाफ जस्ता कांग्रेसका योद्वाहरुले आफनो जीवनकालमै संघीय गणतन्त्रको सपना पुरा गरेर गएकाले उनीहरुको योगदानमा आएको वर्तमान व्यवस्थाको विकल्प हुन नसक्ने बताउनुभयो ।
कमांग्रेका सहमहामन्त्री महेन्द्र यादवले स्वं नदाफले पार्टी संगठनका लागि गरेको योगदानको चर्चा गर्नुभयो । नेवी नदाफ आफनै जीवनकालमा उपलब्धीहरु देश र जनतालाई दिएर मृत्युवरण गर्ने शौभाग्य प्राप्त गरेको बताउदै पार्टीको आन्तिरक पद र प्रतिष्ठा पाएपनि कांग्रेसले नदाफ जस्ता वास्तविक कमान्डरलाई कुनै सार्वजानिक पदमा नपुरयाई बईमानी गरेको उहाँले स्वीकार गर्नुभयो ।
समारोहमा पूर्व मन्त्री रामसरोज यादव, पूर्व सांसद स्मृति नारायण चौधरी, पार्टीका जिल्ला सभापति योगेन्द्र पजियार, प्रदेश सांसद कुमरकान्त झा पूर्व सभापति महेश शंकर गिरी, नेपाल प्रजातन्त्र सेनानी संघका केस रामचन्द्र सिंह, प्रदेश सभापति राम भरत साह,पार्टीका क्षेत्रीय सभापति नवीन गोहिवार यादव,मेयरहरू मनोज कुमार साह, विनय यादव, उपमेयर किशोरी साह, पूर्व मेयर बजरंग प्रसाद साह,पूर्व उपमेयर रञ्जु देवी साह सहितका नेताहरुले नदाफको संगठन प्रतिको भूमिका र योगदानको चर्चा गर्नुभयो ।
७० वर्षको उमेरमा नदाफको गत कातिक ५ गते निधन भएको थियो ।



