Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनमतसँग एकता गर्न रास्वपाको लुम्बिनी प्रदेश समितिको सुझाव





काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश समितिले सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकीकरण गर्न पार्टीको केन्द्रीय समितिलाई सुझाव दिएको छ ।
लुम्बिनी प्रदेश सभापति देवराज पाठकले उपसभापति एवं केन्द्रीय आन्दोलन परिचालन समितिका संयोजक डीपी अर्याललाई शनिबार (२४ कात्तिकमा) पत्र लेखेर वैकल्पिक शक्तिहरुसँग पार्टी एकीकरणका लागि वार्ता समिति बनाउन पनि सुझाव दिएका छन् । राज्यसत्ता विरोधी आन्दोलनको वातावरण बनाउनका लागि नयाँ वैकल्पिक शक्तिसँग मिल्नुपर्ने पाठकले पत्रमा उल्लेख गरेका छन् ।
पार्टीलाई चेन अफ कमाण्डमा राख्नका लागि कार्यवाहक सभापतिको नियुक्त गर्नुपर्ने सुझाव प्रदेश समितिले दिएको छ । २ कात्तिकमा सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यबाहक सभापतिको जिम्मेवारी तोकिएको छैन । प्रदेश समितिले पूर्ण अधिकार सहितको महामन्त्री नियुक्त गर्न पनि पार्टीलाई सुझाव दिएको छ । मुकुल ढकाललाई महामन्त्रीबाट हटाइपछि रास्वपामा कार्यवाहक महामन्त्रीको जिम्मेवारीमा कविन्द्र बुर्लाकोटी छन् ।
सभापति लामिछाने पक्राउ राजनीतिक प्रतिशोध भएको अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन पार्टीमा तीन सदस्यीय समिति बनाउन पनि लुम्बिनी प्रदेश समितिले सुझाव दिएको छ । पार्टीले सडकमा उठाइरहेका मुद्धालाई आधिकारिक विज्ञप्तिमा पनि राख्न प्रदेश समितिले पार्टी नेतृत्वलाई सुझाव दिएको छ । सडक आन्दोलन काठमाडौं केन्द्रित गर्न पनि सुझाव दिइएको छ । कात्तिक २२ र २३ मा बसेको प्रदेश समितिको बैठकको निर्णय अनुसार सुझाव पठाएको लुम्बिनी प्रदेश समितिले जनाएको छ ।