Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महापर्व छठ सम्पन्न

रातीभरी ब्रतीहरु पोखरीघाटमा जाग्राम बसे





सुजीतकुमार झा
जनकपुरधाम ।
उदाउँदो सूर्यको अर्घ दिदै मिथिलाको महापर्व छठ सम्पन्न भएको छ । जनकपुरधामका हरेक व्यक्ति पूजामा सहभागी भएका थिए । समापन अवसरमा हजारोको सहभागिता रहेको थियो । चार दिवसीय छठ पर्वको आज अन्तिम दिन उदाउदै गरेको सुर्यदेव भगवानलाई ठेकुवा, भुसवा, नारियल, केरा, अदुवा, फलफुल सहितका विभिन्न परिकारहरुको अर्घ अर्पण गरी छठ पर्व सम्पन्न भएको छ ।

व्रतालुहरुले प्रत्येक वर्षको कातिक र चैत महिनको शुक्ल षष्टी तिथीका दिन जलासयको किनारमा भगवान सूर्यदेव र षष्टी देवीलाइ अर्घ अर्पण गरि छठ पर्व मनाईने गरिएको संस्कृतिविद् प्रदीप शर्माले वताए । जलासयमा आधा शरीर पानीमा डुवाएर सूर्य देव भगवान र षष्टी माताको आराधना गरी छठी पारन सकिएको छ ।
चार दिवसीय छठ अन्र्तगत पहिलो दिन नहाय खाए, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिइएको छ । स्थानीय मोहन ठाकुरले आफू सम्पूर्ण परिवार छठ पर्वमा पोखरीको किनारामा बसी पूजा गरेको छु बताए । जनकपुरधामको ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगज्जा सर, दशरथ तलाव, रुक्मीनी सर, भुतही पोखरी सहित दर्जन पोखरीलाइ दुलही झैं सिंगारेर
छठ पर्व मनाइएको छ । जनकपुरधाममा विवाहपञ्चमी, परिक्रममापछि सबैभन्दा बढी पर्यटक छठमै जनकपुर आउने गरेको होटेल व्यवसायी अभिशेक झुनझुनवालाले वताएका छन छठ पर्व गर्नाले दुख कलेसबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग
नीको हुने र पारिवारिक सुख शान्ति रहने जन विश्वासकोसाथ छठ पर्व मनाउने गरिन्छ । करीब ३६ घण्टा सम्म निराहार रहि गरिने यस वर्तलाइ कठोर निष्ठा आस्था र पवित्रताको पर्वको रुपमा स्थापित भएको छ । आदिकालमा सति अनुसुइयाले रोग
ग्रस्त पतिलाइ नीको हुनको लागि भगवान सूर्य र षष्टी देवीको पुजापाठ गरेकी थिइन । त्यसैगरि महाभारत कालमा द्रोपदीले कौरवलाइ पराजित
गर्नका लागि सूर्य देवको उपासना गरि छठ पर्व मनाएकी पौराणिक कथाहरुमा उल्लेख रहेको छ ।