Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित ३ जना विदेशी नागरिक पक्राउ





काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् ।

उनीहरु मंगलबार साँझ पक्राउ परेका हुन् । उनीहरु एयर अरेबियाको उडान नं. जी ९५३० मा शारजाहबाट काठमाडौं आएका थिए । उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक( पुनः जाँच ) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित पक्राउ परेका हुन् ।

नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको नेपाल सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।