Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बाढीग्रस्त क्षेत्रमा स्पेनका जनताद्वारा राजारानीको बिरोध





एजेन्सी ।
स्पेनको भ्यालेन्सियामा आएको भिषण बाढीबाट मृत्यु हुनेको संख्या २०० नाघि सकेको छ । अहिले बाढीग्रस्त क्षेत्रमा जनस्तरबाट पनि राहत र उद्धार अभियान चलिरहेको छ ।
बाढीग्रस्त क्षेत्रको भ्रमणका क्रममा स्पेनका राजा फिलिप र रानी लेटिजियाको त्यहाँका जनताले विरोध गरेका छन् । जनताले राजा फिलिपलाई हिलोले हानेका थिए । जनताको विरोधपछि राजा फिलिप र रानी लेटिजियाले आफ्ना सबै भ्रमण स्थगित गरेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार भ्यालेन्सियाको भ्रमणपछि राजा फिलिप र रानी लेटिजिया पश्चिममा रहेको चिभाको भ्रमण गर्ने कार्यक्रम थियो ।
यसअघि भ्यालेन्सियामा भएको प्रदर्शनपछि प्रहरीले चिभाको भ्रमणका क्रममा सडक अवरुद्ध गरेको थियो । भ्यालेन्सियामा राजा फिलिपविरुद्ध जनताको विरोधपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई पनि भ्यालेन्सियाको पिपोर्टाबाट सकुशल निकालिएको थियो ।
स्पेनिस च्यानल ला सेक्स्टाका अनुसार नागरिकहरूले प्रधानमन्त्रीलाई ‘विरोध र आक्रमण’ गरेका थिए । केहीले उनलाई माटो र अन्य वस्तुहरूले हानेका थिए । यसैबीच मौसम पूर्वानुमान महाशाखाले त्यस क्षेत्रमा फेरि ठूलो वर्षा हुने चेतावनी जारी गरेको छ ।