

रौतहट ।
रौतहट प्रहरीले विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेको दुई दर्जन बढी मोटरसाइकल फेला पारेको छ । ति सवारीसाधनलाई कारबाहीकालागी प्रहरीले शनिबार गौर भन्सार कार्यालयमा बुझाएको छ ।
रौतहट प्रहरीको चार्डपर्व लक्षित विशेष सुरक्षा योजना अनुरुप जिल्ला प्रहरी र मातहत समेतबाट विभिन्न स्थानमा खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा कागजपत्र नभएको र बेवारीसे अवस्थामा फेला परेको २५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दिपककुमार रायले जानकारी दिएका छन् । प्रहरीले बरामद गरेको सवारी धनीबारे अनुसन्धान सुरु गरेको छ । २२ लाख मूल्य पर्ने सवारीहरु आवश्यक कारबाहीकालागी गौर भन्सार कार्यालय बुझाइएको डीएसपी रायले बताए ।
प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलको ब्लुबुक भने छैन् । कागजपत्र नै नभए पछि नियन्त्रणमा लिएर भन्सार बुझाएका हौ, डीएसपी रायले भने, ‘सम्भवतः ति सबै सवारीहरु चोरीका हुन् । यसबारे थप अनुसन्धान भइरहेको छ ।’
