

तनहुँ ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको हो ।
तनहुँ प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरी जिल्ला जलेश्वर नगरपालिका घर भई हाल व्यास नगरपालिका–२ दमौलीमा बस्दै आएका २२ वर्षीय सुमित साह हुन् ।
उनले चलाएको बाग्मती प्रदेश २–०२–००३९९४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा साहको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक सडकदेखि करिब १५ मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले बताए ।
