

एजेन्सी ।
गाजाको भवनमा इजरायलले गरेको दुई फरकफरक आक्रमणमा ५० बालबालिकासहित ८४ जनाको ज्यान गएको छ । अमेरिकाले त्यस क्षेत्रमा थप सैन्य सहयोग गरिरहेको छ । यसमा जल सेनाका लागि वार सीप, जेट विमान तथा लामो दुरी बम आक्रमण गर्ने सामग्री लगायत छन् ।
अहिले लेबनानबाट इजरायलमा पनि आक्रमण भइरहेको इजरायली रक्षा मन्त्रालयले लेबनानमा ३ रकेट प्रहार भएको तथा अहिले पनि साइरन बजिरहेको जनाएको छ । यसैबिच मध्यपूर्वमा अमेरिकाले थप सेना पठाउने भएको छ । पेन्टागनले त्यहाँ रहेका आफ्ना नागरिकलाई जोगाउनका लागि थप सेना पठाउन लागेको जनाएको छ ।
अहिले उत्तरी गाजामा युद्ध र बमवारिको कारण मात्र समस्या उत्पन्न भएको छैन । विभिन्न सङ्क्रामक रोगको जोखिम, पानी तथा खाद्यान्नको अभाव तथा अस्पतालको कमजोर स्वास्थ्य संयन्त्रका कारण त्यस क्षेत्रको अवस्था अझ धेरै दुरावस्थाको सम्भावना रहेको राष्ट्र संघले समेत जनाएको छ ।
