Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बारामा कार्तिकको पहिलो साता दुई हत्या

हत्याको कारणः प्रेम सम्बन्ध र रिसीवी





जनकपुरधाम ।
कार्तिक महिनाको पहिलो साता बारा जिल्लामा दुईवटा हत्याका घटना भए । छुट्टाछुट्टै भएको दुईवटा हत्याका घटनामा प्रेम सम्बन्ध र रिसीवी कारण रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पहिलो घटना कार्तिक १ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छप्कैयाका विरेन्द्र साह सोनारको हत्या हो ।
सोनार कार्तिक १ गते बिहान अन्दाजी ९ः३० बजेको समयमा जिल्ला बारा प्रसौनी गाँउपालिका वडा नं.१ त्रिवेणी स्थित गण्डक नहरमा मृत अवस्था फेला परेका थिए । त्रिवेणी स्थित गण्डक नहरमा मेत अवस्थामा फेला परेका विरेन्द्रको प्रेम सम्बन्धका कारणले हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । विरेन्द्रको हत्या असोज २७ गते राति नै ९ः३० मा भएको प्रहरीको भनाई छ ।
हत्यामा संलग्न एकजनलाई प्रहरीले पक्राउ पनि गरेको छ । बारा प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पर्साको साविक गा.वि.स.बिश्रामपुर वडा नं.७ हाल बहुदरामाई नगरपालिका वडा नं.९ बस्ने अन्दाजी वर्ष २८ को बिजय कुमार साहले हत्या गरेको पुष्टि भएपछि उनलाई कार्तिक ७ गते साँझ ५ बजेको समयमा बाराको कलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वा स्थित दशगज्जाबाट पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसन्धानबाट मृतक विरेन्द्रकी श्रीमतीसँग विजयको प्रेम सम्बन्ध रहेको र विबादमा विजयले पछाडीबाट गाम्छाले विरेन्द्रको घाँटीमा कसेर हत्या गरी बाराको प्रसौनी गाँउपालिका वडा नं.१ त्रिवेणी स्थित गण्डक नहरमा फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनलाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाईएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
यस्तै महागढीमाई नगरपालिकाका नारायण प्रसाद यादवको घटनाका आरोपितलाई पनि प्रहरीले पक्राउ गरेको छ । कार्तिक १० गते भएको यादवको हत्या घटनामा संलग्न महागढीमाई नगरपालिका वडा नम्बर १ सेमरा तेगछियाका सोथाई चौधरी भनिने बर्ष ६४ का सोथाई खाँ थारुलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो ।
महागढीमाई नगरपालिका वडा नं.१ सेमरा तेगछिया नयका टोल बस्ने अं.बर्ष ५५ को भूमि सुधार भन्ने नारायण प्रसाद यादवलाई स्थानीय तेगछिया सडक खण्डमा कार्तिक १० गते साँझ १९ः३० बजेको समयमा पसलबाट घर जाने क्रममा धारिलो हतियारले टाउको पछाडी गर्दनमा प्रहार गरी हत्या गरेको थियो । घटनाको तत्काल जानकारी पाएको प्रहरीले घटनास्थलमा प्रहरी पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा स्थानीय सेमरा तेगछिया बस्ने अन्दाजी वर्ष ६४ का सोथाई चौधरी भन्ने सोथाई खाँ थारूले हत्या गरेको खुलेपछि उनलाई सोही दिन निजकै घरबाट पक्राउ गरी अनुसन्धान गर्दा भोग चलन गर्दै आएको जग्गा सम्बन्धी पुरानो रिसिवि तथा बिवादको कारणले निज मृतकको हत्या गरेको खुलेको प्रहरीको भनाई छ ।
हत्यामा प्रयोग गरेको धारिलो हतियार २.५ ईन्च चौडाई, १ फिट ७ ईन्च लम्बाई भएको फलामको खुकुरी कार्तिक १५ गते सोथाई चौधरीले आफ्नो घर पछाडी झाडीमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।