Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आइपिएलको रिटेन हुने खेलाडीको सूची जारी





एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को ’रिटेन’ सूची जारी भएको छ । आईपीएलको टिमलाई बढीमा ६ खेलाडी ’रिटेन’ गर्ने सुविधा थियो । दिल्ली क्यापिटल्सले ४ खेलाडीलाई रिटेन गरेको छ । जस अनुसार अक्षर पटेल (१६.५ करोड) कुलदीप यादव (१३.२५ करोड), ट्रिस्टन स्टब्स (१० करोड रुपैयाँ), अभिषेक पोरेल (४ करोड) भारुमा रिटेन गरिएको हो ।
रोयल च्यालेन्जर बेंग्लोरले तीन खेलाडीमात्र रिटेन गरेको छ । जसअनुसार विराट कोहली (२१ करोड), रजत पाटीदार (११ करोड) र यश दयाल ५ करोड) रुपैयाँ भारुमा रिटेन भएका हन ।
राजस्थान रोयल्सले ६ खेलाडीलाई रिटेन गरेको छ । राजस्थान रोयल्सले सन्जु सामसन (१८ करोड) यशस्वी जयसवाल (१८ करोड), रियान पराग (१४ करोड), ध्रुव जुरेल (१४ करोड), शिमरोन हिटमायर (११ करोड) र सन्दीप शर्मा (४ करोड) भारुमा रिटेन गरेको हो ।
सनराइजर्स हैदरावादले ५ खेलाडीलाई रिटेन गरेको छ । जसअनुसार हेनरिक क्लासेन (२३ करोड), प्याट कमन्सि (१८ करोड), अभिषेक शर्मा (१४ करोड), ट्रेविस माइकल हेड (१४ करोड), नीतीश कुमार रेड्डी (६ करोड) भारुमा रिटेन भएका छन् ।
चेन्नई सुपर किङ्ग्सले पनि पाँच खेलाडीलाई रिटेन गरेको छ । जसअनुसार ऋतुराज गायकवाड (१८ करोड), मथीशा पथिराना (१३ करोड), शिवम दुबे (१२ करोड), रविन्द्र जडेजा (१८ करोड), एमएस धोनी (४ करोड) भारुमा रिटेन भएका छन् ।
मुम्बई इन्डियन्सले आफ्ना पाँच खेलाडीलाई रिटेन गरेको छ । जसअनुसार जसप्रित बुमराह (१८ करोड), सूर्यकुमार यादव (१६.३५ करोड), हार्दिक पाण्ड्या (१६.३५ करोड), रोहित शर्मा (१६.३० करोड) र तिलक वर्मा (८ करोड) भारुमा रिटेन भएका छन् । यस्तै, कोलकाता नाइटराइडर्सले ६ खेलाडीलाई रिटेन गरेको छ । जसअनुसार रिंकु सिंह (१३ करोड), वरुण चक्रवर्ती (१२ करोड) सुनील नरेन (१२ करोड), आन्द्रे रसेल (१२ करोड) भारुमा रिटेन भएका छन् ।
लखनउ सुपरजायन्ट्सले ५ खेलाडीलाई रिटेन गरेको छ । जसअनुसार निकोलस पूरन (२१ करोड), रवि बिश्नोई (११ करोड), मयंक अग्रवाल (११ करोड), मोहसिन खान (४ करोड), आयुष बडोनी (४ करोड) भारुमा रिटेन भएका छन् ।
गुजरात टाइटन्सले पाँच खेलाडीलाई रिटेन गरेको गुजरात टाइटन्सले पाँच खेलाडीलाई रिटेन गरेका छ । जस अनुसार राशिद खान (१८ करोड), शुभमन गिल (१६.५० करोड), साई सुदर्शन (८.५० करोड), राहुल तेवतिया (४ करोड) र शाहरुख खान (४ करोड) भारुमा रिटेन भएका हुन् ।
पञ्जाब किङ्ग्सले दुई खेलाडीलाई मात्र रिटेन गरेको छ । जसअनुसार शशांक सिंह (५.५ करोड) र प्रभसिमरन सिंह (४ करोड) मा रिटेन भएका छन् ।