Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

माता लक्ष्मीको पूजा अराधना गरी मनाइयो दीपावली





जनकपुरधाम ।
हिन्दु धर्मावलम्वीहरुको प्रमुख पर्वहरु मध्ये दीपावली अर्थात लक्षमी पूजा रहेको छ । दीपावली अर्थात प्रकाशको पर्व । मिथिलाञ्चलमा यस विशिष्ट महत्व बोकेको दिपावली प्रत्येक वर्ष जस्तै माता लक्ष्मीको पूजा अराधना गरी मनाइएको छ । माता लक्ष्मीको पूजा अर्चना गरी मिथिलांचलको परम्परा अनुसार आफ्नो छिमेकीमा प्रसाद वितरण समेत स्थानीयले गरेका छन ।
आध्यात्मिक दृष्टिले दिपावली पर्वलाई अँध्यारोमाथि प्रकाशको विजय प्रतिकको रुपमा लिइन्छ ।
मिथिलाञ्चलमा समेत धूमधामका साथ मनाइएको यो पर्वको सामाजिक र धार्मिक दूबै दृष्टिकोणले विशिष्ट महत्व रहेको छ । दिपावली पर्वलाई दीपोत्सव समेत भन्ने गरिन्छ । ‘तमसो माँ ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट प्रकाश तर्फ जाउँ । यसलाई उपनिषदको आज्ञाको रुपमा लिइन्छ । जसलाई सिख, बौद्ध तथा जैन धर्मका अनुयायीहरुले समेत अनुसरण गर्छन् ।

दिपावली शब्दको उत्पत्ति संस्कृतको दूई शब्द ’दीप’ अर्थात ’दियो’ र ’आवली’ अर्थात ’लाइन’ वा ’श्रृंखला’को मिश्रणबाट भएको हो । यस पर्वमा घरको कुना कुनामा हिन्दु धर्मावलम्वीहरु दियोको श्रृंखला बनाउँछन् ।
धर्मग्रन्थहरुमा उल्लेख भए अनुसार दिपावलीकै दिन भगवान राम १४ वर्षको बनवास पूरा गरेर अयोध्या फर्केका थिए । भगवान रामको आगमनको उल्लासमा अयोध्यावासीले घ्युको दीयो बालेका थिए । कार्तिक महिनाको अमावस्याको अँध्यारो रातमा सो दियोहरुको प्रकाशले पूरै अयोध्या झिलीमिली भएको थियो । सोही दिनबाट यो पर्व मनाउने परम्परा शुरु भएको मानिन्छ ।
दिपावलीको सन्दर्भमा पद्म पुराण र स्कन्द पुराण नामक ग्रन्थमा उल्लेख रहेको पाइन्छ । दीयोलाई स्कन्द पुराणमा सूर्यको हिस्सालाई प्रतिनिधित्व गर्ने प्रतिकको रुपमा मानिएको छ । सूर्य जो जीवनका लागि प्रकाश र ऊर्जाको लौकिक दाता हो । हिन्दू कैलण्डर अनुसार कार्तिक महिनामा सूर्यले आफ्नो स्तिथिमा परिवर्तन ल्याउँछ ।