Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

उत्तर कोरियाले प्रहार गर्यो ब्यालेस्टिक मिसाइल





एजेन्सी ।
दक्षिण कोरियासहित छिमेकी देशसँग रुष्ट उत्तर कोरियाले समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।
उत्तर कोरियाले पूर्वी तटबाट समुद्रतर्फ एउटा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आई.सी.बी.एम.) प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाले स्थानीइ समय अनुसार विहीबार बिहान ७ बजेर १० मिनेटमा मिसाइल प्रहार गरेको थियो ।
यसअघि दक्षिण कोरियाले बुधबार मात्रै आगामी पाँच नोभेम्बरमा अमेरिकी चुनाव हुनुभन्दा अगाडि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गर्ने जनाएको थियो । नभन्दै उत्तर कोरियाले आज बिहान ब्यालेस्टिक मिसाइल नै प्रहार गरेको छ ।
पछिल्लो समय उत्तर कोरिया छिमेकी देशहरुप्रति आक्रामक देखिएको छ । यसअघि दक्षिण कोरियालाई जोड्ने एक सडक उत्तर कोरियाले बम विष्फोट गराएर भत्काएको थियो । उत्तर कोरियाको गतिविधिलाई छिमेकी देश जापान, दक्षिण कोरिया र अमेरिका समेतले चासोपूर्वक हेरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।