

जनकपुरधाम ।
सिराहाको मिर्चैयास्थित मुख्य बजारमा दिउँसै लाखौंको चोरी भएको छ । ईलाका प्रहरी कायार्लय मिर्चैया बाट केही दुरीमै डेरा गरी रहँदै आएका कृषि विकास बैंक मिर्चैयाका कर्मचारी शत्रुधनकुमार साहको कोठामा लाखौको चोरी भएको हो ।
दिउँसो करिब १ बजे कोठाको मेनगेटको ताला फुटाएर भित्र प्रवेश गरी दराजमा रहेको नयाँ नोट सहित ४७ हजार नगद र सुनचाँदीको गहनाहरू २ लाख बराबरको चोरी भएको मिर्चैया प्रहरीले पुष्टि गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार एक जना चोरले कर्मचारीको जस्तै पोशाक लगाएर घर भित्र पसेको र एउटा केटी बाहिर बसेर हेरिरहेको सिसि क्यामरामा कैद भएको छ । यता घटनाको स्थलगत निरिक्षण गरी प्रहरीले घटनाको अनुसन्धान गरीरहेको जनाएको छ ।
