Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बिहारका सांसद पप्पु यादवलाई लरेन्स गिरोहबाट धम्की, सुरक्षाकालागि सरकारलाई गुहारे





एजेन्सी ।
भारतीय राज्य बिहारको पूर्णियाका लोकसभा सांसद पप्पु यादवलाई लरेन्स विष्णोई गिरोहबाट ज्यान मार्ने धम्की आएको छ ।
पप्पु लाई धम्की दिइएको अडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । पप्पु यादवले सोमबार समाचार एजेन्सी एएनआईलाई भने, ‘मैले सामाजिक न्यायको लडाइमा धेरै उतारचढाव भोगेको छु । तर मेरो जीवनमा कसैसँग व्यक्तिगत झगडा छैन ।’
उनले अगाडि भनेका छन्, ‘म देशको हितमा झारखण्ड गठबन्धनका लागि काम गर्दै छु । अब मेरो सुरक्षाको जिम्मेवारी सरकारको हो ।’ लरेन्स तिनै गुन्डा नाइके हुन्, जसले बलिउड अभिनेता सलमान खानलाई पनि मार्ने धम्की पटकपटक दिएका छन् । लरेन्स हाल भने जेलमा छन् ।