Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

डेंगुबाट देशभरी २८ हजार संक्रमित, १२को मृत्यु





काठमाडौँ ।
देशभर २८ हजार बढी डेंगु सङ्क्रमित भएकोमा १२ जनाको मृत्यु भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार २ सय १२ जना पुगेको छ । उनीहरूमध्ये १२ जनाको मृत्यु भएको हो ।
देशभर फैलिएको डेंगु सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकीमा प्रदेशका १३ हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा डेंगु सङ्क्रमित छन् । यहाँ ३ सय १९ जना डेंगु सङ्क्रमित छन् । यस्तै, कोशी प्रदेशका १ हजार ७४२ जनालाई, मधेस प्रदेशका ४८७ जनालाई डेंगु सङ्क्रमण भएको छ ।
यस्तै, बागमती प्रदेशका ९ हजार १३२ जनालाई डेंगु पुष्टि भएको छ भने, लुम्बिनीका १ हजार ४ सय ४५ जनालाई डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । यस्तै, सुदूरपश्चिमका १ हजार १ सय ८९ जनालाई डेंगु सङ्क्रमण भएको छ ।
यस्तै, जिल्लागत रुपमा सबैभन्दा बढी कास्कीका ७ हजार १६१ जनालाई डेंगु सङ्क्रमण भएको छ । यो तथ्याङ्क माघ दोस्रो सातायताको हो । देशभर ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ ।