Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

साउथ स्टार थलापति विजयको राजनीतिमा इन्ट्री

’तमिलगा वेत्री कझगम’ नामक नयाँ पार्टीको घोषणा गरे





एजेन्सी ।
‘साउथ सुपरस्टार’ थलापति विजय राजनीतिमा प्रवेश गरेका छन् । उनले कुनै दलमा प्रवेश नगरी आफैंले नयाँ पार्टी घोषणा गरेका हुन् । त्यति मात्र होइन, विजयको दल ’तमिलगा वेत्री कझगम’(टीभीके) ले आइतबार तमिलनाडुको विल्लुपुरम जिल्लाको विक्रवन्डीमा ’विशाल’ आमसभासमेत आयोजना गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार आमसभामा विजयको भाषण सुन्न हजारौं पुगेका थिए ।
भाषणका क्रममा उनले राज्य र केन्द्र सरकारमा रहेका दलहरूविरुद्ध निसानासमेत साधेँ । तमिलनाडु सरकारमा रहेको डीएमके र केन्द्र सरकारमा रहेको भाजपाले विभाजनको राजनीति गरिरहेको उनले बताए । सत्ताधारी डीएमकेप्रति लक्षित गर्दै उनले भने, ’उनीहरू अन्डरग्राउन्ड डिल गर्छन् । अल्पसंख्यकहरूलाई धोका दिनका लागि फासिवादको आरोप लगाउँछन् । द्रविड मोडलका नाममा तपाईंहरूलाई धोका दिइरहेका छन् ।’
त्यस्तै भाजपाप्रति इंगित गर्दै विजयले भने, ’घृणाको राजनीति गर्नेहरू हाम्रा सत्रु हुन् । विभाजनकारी राजनीति र घृणा हाम्रा सत्रु हुन् ।… म राजनीतिक शिष्टाचार र राजनीतिक शालीनलता कायम राख्नेछु । यो भिड पैसाका लागि होइन, एउटा उद्देश्यकका लागि हो ।’ उनले आफू राजनीतिमा जगेडका रूपमा नआएको समेत बताए । तमिलनाडुको प्रमुख शक्ति बन्ने प्रणसमेत उनले गरेका छन् । ’पहिला मलाई लाग्थ्यो राजनीति किन गर्नुप¥यो र ? तर के आफ्नै बारेमा सोच्नु स्वार्थ हैन र ?,’ उनले भाषणका क्रममा भने । उनले सन् २०२६ मा हुने तमिलनाडु विधानसभा चुनावमा राज्यका २३४ सिटमै आफ्नो दलले उम्मेदवार उठाउनेसमेत बताए ।
विजयले यसै वर्षको फेब्रुअरीमा तमिलनाडु र पुडुचेरीमा काम गर्नका लागि राजनीतिक दल स्थापना गरेका थिए । भारतीय निर्वाचन आयोगले भने टीभीकेलाई गत सेप्टेम्बरमा आधिकारिक रूपमा दलको मान्यता दिएको थियो । दलको मान्यता पाएपछि विजयले आइतबार जनसभा आयोजना गरेका हुन् । विजयले आफ्नो दलको विचारधारा धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित भएको समेत बताएका छन् ।