Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण





काठमाडौं ।
नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३७औँ नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार पीसीएल र बीएस्सी नर्सिङ गरी कुल १ हजार २४९ जना परीक्षार्थीमध्ये ५ सय जना उत्तीर्ण भएका हुन् । पीसीएल नर्सिङतर्फ ९८३ जनाले फारम भरेकोमा ९५५ जनाले मात्र परीक्षा दिएका थिए । यसमध्ये ३३१ जना (३४.६९ प्रतिशत) उत्तीर्ण भएका छन् । त्यस्तै बीएस्सी नर्सिङतर्फ २९८ जनाले फारम भरेकोमा २९४ जनाले परीक्षा दिएका थिए । जसमध्ये १६९ जना (५७.४८ प्रतिशत) उत्तीर्ण भएका छन् ।
उत्तीर्ण परीक्षार्थीहरूलाई कात्तिक २५ गतेदेखि प्रमाणपत्र वितरण गर्ने परिषद्ले जनाएको छ । त्यसका लागि १ हजार २ सय रुपैयाँ शुल्क तोकिएको छ । पुनर्योगका लागि इच्छुक परीक्षार्थीहरूले ३५ दिनभित्र आवेदन दिन सक्ने परिषद्ले जनाएको छ ।