Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आईसीसी विश्वकप लिग २मा नेपाल अमेरिकासँग पराजित





काठमाडौं ।
आईसीसी विश्वकप लिग–२मा नेपाल अमेरिकासँग पराजित भएको छ । डालासमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल तीन विकेटले पराजित भएको हो ।
नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा भेटायो । अमेरिकाका ओपनर शायन जहाजिंगरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेपछि अमेरिका जित दर्ता गर्न सफल भएको हो ।
यस्तै, कप्तान मोनांक पटेलले ६२, हरमित सिंहले ५७, शाड्लीले २९ र जसदीप सिंह र साइतेजा मुकामल्लाले ११÷११ रन बनाए । ११ रन नै अमेरिकाले अतिरिक्त बटुलेको थियो । छ ओभर बलिङ गरेका नेपालका कुशल भुर्तेलले २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रन बनाएर शतकबाट चुके । ओपनर अनिल साह ५६ र आसिफ शेख ५२ रनमा आउट भए । आरिफ शेख ३७, दीपेन्द्रसिंह ऐरी १३, कुशल भुर्तेल ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
अमेरिका नोस्थुश केन्जिगेले ४, हरमीत सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले समान एक÷एक विकेट लिए । लिग २ का लागि अमेरिकामा रहेको नेपालले अर्को खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।