Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इजरायलले आक्रमण गरेर गलती गर्योः इरानी सर्वोच्च नेता खामेनी





एजेन्सी ।
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अक्टोबर २६ अर्थात् शनिबार इजरायलले इरानमाथि गरेको हमलामा प्रतिक्रिया दिएका छन् । खामेनीले इजरायलले गलत कदम चालेको बताएका छन् ।
यसबारे माइक्रो ब्लगिङ वेबसाइट एक्समा उनले एक पोस्ट गरेका छन् । ‘जियोनिस्ट शासनले दुई रात अघि गलत कदम उठायो । हामीले उनीहरूलाई इरानी जनताको शक्ति, दृढ सङ्कल्प र पहलकबारे बताउनै पर्छ,’ पोस्टमा खामेनीले भनेका छन् ।
इजरायलले इरानी सैन्य अखडाहरूमा हवाई आक्रमण गरेको थियो । यी आक्रमणमा चार इरानी सैनिकको मृत्यु भएको छ । यस महिनाको सुरुमा इरानले इजरायलमा करिब २०० मिसाइल प्रहार गरेको थियो । तर, इरानको आक्रमणमा इजरायललाई कुनै ठुलो क्षति पुगेन ।