Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

काठमाडौंदेखि दिल्लीसम्म वायुको गुणस्तर एकदमै खराब





काठमाडौं ।
काठमाडौंमा वायु प्रदूषण बढ्न थालेको छ । आज बिहान साढे १० बजेसम्म सबैभन्दा खराब वायु काठमाडौंको शंखपार्क क्षेत्रमा छ ।
सो क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ११३ रहेको वातावरण विभागको एयर क्वालिटी मनिटरिङ सिस्टममा उल्लेख छ । शंखपार्क क्षेत्रको वायुको गुणवत्ता खराब रहेको भनेर सुन्तला रंगले संकेत गरिएको छ । यसैगरी रत्नपार्क, भक्तपुर र दाङ देउखुरी क्षेत्रमा पनि प्रदूषित वायु रहेको वातावरण विभागले जनाएको छ ।
हावामा धुँलोका कण र धुँवाको मात्रा बढ्दा वायु प्रदूषित हुने गरेको छ । धूलोलाई पखाल्ने गरी पानी नपर्दासम्म र बेस्सरी हावा नचल्दासम्म प्रदूषण झन् बढ्ने गर्दछ । काठमाडौं उपत्यका वरिपरि अग्ला पहाड भएकाले कचौरा आकारमा धुलोका कण जम्मा भएर बस्न अनुकुल हुने गर्दछ । अहिले पोष्ट मनसुन अवधिमा काठमाडौंमा पानी समेत नपरेकाले वायु प्रदूषण बढेको हो ।
साथै छिमेकी देश भारततर्फबाट प्रदूषित हावा नेपालसम्म आइपुग्दा पनि वायु प्रदूषण बढ्ने गर्दछ । भारतमा केही दिनयता वायु प्रदूषण ह्वात्तै बढेको छ । राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा वायु प्रदूषणको लेभल बढ्दै गएको छ ।
भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार आज बिहान भारतको आनन्दबिहारमा एक्यूआई (एयर क्वालिटी इन्डेक्स) ४०६ र अलिपुर क्षेत्रमा ४०३ मापन भएको थियो । यसले हावाको अवस्था गम्भीर श्रेणीमा पुगेको जनाउँछ ।
आज बिहान ८ बजे भारतको नयाँदिल्लीमा औसत एक्यूआई ३५६ थियो । दिल्ली आसपासका धेरैजसो स्थानमा एक्युआई ३५० देखि ४०० सम्म पुगेको देखिएको थियो । यसलाई हावाको गुणवत्ता निकै खराब स्तरमा पुगेको बुझिन्छ ।
वायु प्रदूषणका कारण आँखामा जलन, घाँटी खसखस हुने र श्वासप्रश्वासका बिरामी बढी मारमा पर्ने गरेका छन् ।