Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नवमिथिला फाउण्डेसनद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण





जनकपुरधाम ।
नव मिथिला फाउण्डेसनले एक सय विद्यार्थी बालबालिकालाई शैक्षिक सामाग्री तथा बिरुवा वितरण गरेको छ ।
फाउण्डेसनले एनएमबी बैंकको सहकार्यमा जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा बिरुवा वितरण गरेको हो । एक सय बालबालिकालाई एउटा बैग, आधा दर्जन कापी, कलर बक्स, पेन्सिल बक्स र बिरुवा वितरण गरिएको फाउण्डेसनका अध्यक्ष अमित साहले जानकारी दिए । फाण्डेसनले प्रत्येक वर्ष विद्यार्थी तथा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आईरहेको छ । आफूहरु सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम निरन्तर गर्ने गरेको अध्यक्ष साहले बताए ।
सो कार्यक्रममा एनएमबी बैंकको मधेस प्रदेश प्रमुख कमल पोखरेल, याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय झा, एनएमबी बैंकका एरिया मैनेजर कमलेश प्रसद यादव, जनकपुरधाम शाखाका मैनेजर सौरभ सर्राफ लगायतको उपस्थिति रहेको थियो ।