Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

न्युजीलैण्डलाई भारत बिरुद्धको दोस्रो टेस्टको दोस्रो इनिंग्समा ३ सय १ रनको बढत





एजेन्सी ।
न्युजीलैैण्ड बिरुद्धको दोस्रो टेस्ट मैचको पहिलो इनिंगमा भारत सस्तैमा समेटिएपछि पहिलो कमजोर स्थितिमा पुगेको छ । न्युजीलैण्डका लागि मिचेल सैन्टनर एक्लैले ७ विकेट लिएपछि भारत पहिलो इनिंग्समा मात्र १ सय ५६ रनमा सीमित हुन पुगेको हो ।
भारतको बैटिङ्गमा कुनै पनि ब्याट्समैनले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । भारतकालागि रविन्द्र जडेजाले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै यशश्वी जयसवाल र शुभमन गिलले ३०÷३० रनको योगदान गरे ।
पहिलो इनिंग्समा १ सय ३ रनको बढत लिएको न्युजीलैण्डले आफ्नो दोस्रो इनिंग्समा दोस्रो दिनको खेल समाप्त हुँदासम्म ५ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको छ । यो संगै न्युजीलैण्डले ३ सय १ रनको बढत लिएको छ ।
न्युजीलैण्डकालागि दोस्रो इनिंग्समा टम लैथम ८६ रन बनाएर आउट भएका छन् । क्रिजमा टम ब्लेन्डल ३० रन र ग्लेन फिलिप्स ९ रन बनाएर अविजित छन् ।