Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

थप आन्दोलनको तयारीबारे रास्वपा नेताहरू अनौपचारिक छलफलमा





काठमाडौँ ।
पछिल्लो विकसित राजनीतिक अवस्था, थप आन्दोलनको तयारी र समसामयिक विषयमा समीक्षा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनौपचारिक बैठक बोलाएको छ ।
पार्टी कार्यालय बालाजुमा केहीबेरमा पदाधिकारीको अनौपचारिक बैठक बस्नेत कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । सहकारी ठगी आरोपमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछ ।
दिउँसो १ बजे हुने विरोध प्रदर्शनको व्यवस्थापन रास्वपा बागमती प्रदेशले गर्ने उनले बताए । उनका अनुसार प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र्यापिङ्ग फोर्स खटिनेछ । सरकारले राजनीतिक प्रतिशोधका आधारमा सभापति लामिछानेलाई पक्राउ गरेको आरोप लगाउँदै त्यसको विरोधमा देशव्यापी रूपमा स्वतःस्फूर्त आन्दोलनको अभियान चलाउने उनले बताए ।
‘ओली सरकारले राजनीतिक प्रतिशोधका आधारमा हाम्रा सभापतिलाई पक्राउ गरेको छ । त्यसविरुद्ध पार्टीले स्वतःस्फूर्त रूपमा देशव्यापी आन्दोलनको अभियान चलाउने छौँ’, उनले भने । लामिछानेलाई गत शुक्रवार प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरामा लगेर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।