Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बलिंगमा वाशिंगटन सुन्दर चम्किदा न्युजिलैण्ड दोस्रो टेस्टको पहिलो इनिंगमा २५९ रनमा समेटियो





एजेन्सी ।
बलिंगमा वाशिंगटन सुन्दर चम्किदा भारतबिरुद्धको दोस्रो टेस्ट मैचके पहिलो इनिंगमा न्युजीलैण्ड मात्र २ सय ५९ रनमै समेटिएको छ । सुन्दर एक्लैले ७ विकेट लिएपछि न्युजीलैण्डका ब्याट्समैनहरु टिकेर खेल्न नसक्दा २ सय ५९ रनमै समेटिन पुगेको हो । भारतका लागि अर्का स्पिनर रविचन्द्रन आश्विनले ३ विकेट लिए ।
न्युजीलैण्डको ब्याटिङ्गमा डेवेन कन्वे ७६, रचिन रविन्द्रले ६५ र मिचेल सैन्टनरले ३३ रनको योगदान गर्नु बाहेक अन्य कुुनै ब्याट्समैनले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
यता भारतलाई समेत पहिलो इनिंग्सको शुरुवातमै झटका लागेको छ । भारतीय टिमका कप्तान रोहित शर्मा खाता नै नखोली टिम साउथीका शिकार भएका छन् । पहिलो दिनको खेल समाप्त हुँदासम्म भारतले १ विकेटको क्षतिमा १६ रन बनाएको छ ।