Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मनग्य आम्दानी नहुँदा कुम्हाल जातीको पेशा संकटमा

पेशा जोगाउन निस्वार्थ लागेका कुम्हाले युवा





जनकपुरधाम ।
राजकिशोर पण्डित उमेरले ७० कट्नै लागेका हुन् तर उनी माटाका सामानहरु बनाउन भने युवाहरु भन्दा पनि खप्पिस छन् । उनलाई अहिले आउँदै गरेको लक्ष्मीपुजा र आस्थाको पर्व छठका लागि माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामाग्रीहरु बनाउने चटारो छ ।
यी पर्वहरुको समयमा माटाका सामानहरुको माग बढेपछि आफ्नो उमेरलाई समेत मात दिदै राजकिशोर बिहानैदेखि माटाका सामानहरु बनाउन व्यस्त भई हाल्छन् । जनकपुरधाम वडा नम्बर १२ कुवाका स्थानीय पण्डितले माटोबाट निर्माण हुने विभिन्न कलात्मक सामाग्रीहरु बनाउँदै गरेको लगभग ५० वर्ष भईसकेको छ । राजकिशोर घरपरिवार चलाउन पुख्र्यौली पेशाका साथै अन्य कामहरु पनि गर्ने गरेका छन् ।
राजकिशोर भन्छन् ‘माटोको सामाग्री कुनै विशेष पर्व वा सिजनमा मात्रै बिक्री हुने गर्दछ त्यसमध्ये दिपावली र छठ हो, यही पेशाको भर पर्ने हो भने घर चलाउन हम्मे हम्मे पर्छ, त्यसैले घरपरिवार धान्न पुख्र्यौलीका साथै अन्य पेशा समेत अपनाएको छु’ ।
उनका सन्तानहरु भने यो पेशा अंगालेका छैनन् । मनग्य आम्दानी यो पेशाबाट नहुने भएकाले आफ्ना छोरालाई वैदेशिक रोजगारीमा पठाएको उनको भनाई छ ।
राजकिशोर जस्तै दैनिकी वडा नम्बर १२का स्थानीय ५८ वर्षीय रामबली पण्डितको पनि छ । उनले माटाको भाँडाकुडाको व्यवसाय सुरु गरेको लगभग २५ वर्ष भईसकेको छ । घरपरिवारमा अरु कोही यो पेसामा आवद्ध छैनन् आफु एक्लैले जति सक्छु त्यतिसम्म बनाउने कोशिस गर्ने गर्छु उनले भने । यद्यपि यसमा पूरै परिवारको सहयोग रह्ने गरेको उनले बताए ।
उनले भने ‘आजभन्दा ५ वर्ष पहिले ५० रुपैँया थियो कलशको भाउ र अहिले पनि त्यति रुपैँयामै बेच्ने गरेका छौँ’ । उनका अनुसार उनीहरुले बनाउने दियोको भाउ समेत लगभग ५ वर्षदेखि बढेको छैन् अहिले पनि २ रुपैँयामात्रै छ एउटा दियोको भाउ । यस्तो अवस्थामा हामी कुम्हाले कसरी यो व्यवसायबाट घरको गुजारा चलाउन सक्छौँ रामबलिले भने


पुख्र्यौली पेशा जोगाउने सुमितको धोको
जनकपुरधाम १२का सुमित पण्डित उमेरले मात्र १९ वर्षका भएका छन् । तर उनमा आफ्नो पुख्र्यौली पेशा औँधी मन पर्छ । उनकै गाउँका उनकै उमेरका साथीहरु कुम्हाल पेशामा आम्दानी छैन सोचेर यो पेशामा लाग्न चाहँदैनन् । तर सुमित भन्छन् ‘यो मेरो पुख्र्यौली पेशा हो, मेरो पूर्वजको पहिचान हो ।’ अगाडी भने ‘पेशाबाट मनग्य आम्दानी भए नभएपनि यो पेशालाई आफूले निरन्तरता दिई रह्ने बताए ।
त्यसैले त अहिले सुमित बिहान बेलुका माटाका भाँडाकुडा बनाउँछन् र दिनमा कक्षा गर्छन् । पढाई संगसंगै पुख्र्यौली पेशालाई जोगाई राख्ने आफ्नो धोको रहेको उनले बताए ।
जनकपुरधाम २४ बसहियाका २० वर्षिय विष्णु पण्डितको पनि सो सुमित जस्तै छ । उनले हरेक पेशामा संघर्ष गर्नु पर्छ । आफ्नो पुख्र्यौली पेशामै संघर्ष गरेर यो पेशालाई जोगाई राख्न चाहन्छु विष्णुले भने । उनले भने ‘यी समस्याहरुलाई पन्छाउँदै आफ्नो पुख्र्यौली पेशालाई निरन्तरता दिने मेरो सोच छ ।’