Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रौतहटमा महिला ठगको गिरोह सक्रिय





जनकपुरधाम ।
भारतीय महिला ठग गिरोह रौतहटमा सक्रिय भएको पाइएपछि सचेत रहन प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले एक सार्वजनिक सूचना जारी गर्दै कुनै प्रलोभनमा नपर्न आग्रह गरेको हो ।
भारतीय ४, ५ जना महिलाहरूको गिरोहले जिल्लाको गौर नगरक्षेत्रमा सोझा सिधा महिलालाई विभिन्न प्रलोभन देखाएर चाँदीको पायल दिँदा एक दिनपछि पायल र थपमा राइस कुकर दिने, चाँदीको बिच्छिया दिँदा एक दिन पछि बिच्छियासहित पितलको कमण्डलु दिने, सुनको मंगलसुत्रसहित अन्य गहना दिँदा एक दिनपछि गरगहना सहित नगद ५० हजार रुपैयाँसँगै एउटा फ्रिज दिने भन्दै ठगी गरेको पाइएको हो ।
त्यस्ता प्रलोभन दिने ठग महिला पुरुषको गिरोह देखा परेमा जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल नम्वर १०० वा ९८५५०४०९९९ फोन गरी जानकारी दिन प्रहरीले सूचना मार्फत आग्रह गरेको छ ।