Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विवाहोत्तर सम्बन्धले लियो सोनारको ज्यान





जनकपुरधाम ।
बारा प्रहरीले वीरेन्द्र साह सोनारको हत्या प्रकरणमा संलग्न एक जना भारतीयलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले हत्या भएको एक सातापछि मुख्य व्यक्तिलाई पक्राउ गरेको जनाएको हो ।
प्रहरीको टोलीले सोनार हत्याका मुख्य आरोपी भारतीय विजय गुप्तालाई पक्राउ गरेको बारा प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार बुधबार विहान वीरगञ्जको नाका इनर्वाबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका गुप्ता रक्सौल निवासी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
तर उनीसंग नेपाली नागरिकता पनि रहेको बारा प्रहरी स्रोतले जानकारी दिएको छ । विवाहेत्तर सम्बन्धका कारण सोनारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बारा प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेका गुप्तालाई प्रहरीले थप सोधपुछ गरिरहेकोले अन्य विवरण आउन बाँकी रहेको बारा प्रहरी बताउँछ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी प्रवक्ता सापकोटाले बताए ।
गत कातिक १मा बाराको गण्डक नहरमा सोनार मृत अवस्थामा फेला परेका थिए । वीरगञ्जबाट बेपत्ता भएको चार दिन पछाडि सोनार बारामा मृत अवस्थामा फेला परेका थिए ।
मृत अवस्थामा फेला परेको सोनारको घटना शंकास्पद रहेको भन्दै हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
पोस्टमार्टम रिपोर्ट अनुसार सोनारको ‘मर्डर’ आधार भेटिएपछि प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको बाराका प्रहरी नायव उपरीक्षक सापकोटाको भनाइ छ । यसका लागि प्रहरीले अनुसन्धानको सुरुमै मृतकका श्रीमतीलाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरेको थियो ।
मृतकका श्रीमती मनिषा देवीसँग गरिएको अनुसन्धान पश्चात् भारत रक्सौल निवासी गुप्ता पक्राउ परेको जनाइएको छ । मृतकका श्रीमती देवी पनि अहिले जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
वीरगञ्जका ३ छपकैया निवासी २६ वर्षका सोनार बाराको प्रसौनी गाउँपालिकाको गण्डक नहरको किनारमा शव फेला परेको थियो । टाउको पछाडी घाउ लागेको अवस्थामा उनको शव भेटिएको थियो । मृतक सोनार २७ गतेदेखि वीरगञ्जबाट बेपत्ता भएका थिए ।