Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विद्यालयको बसको ठक्करबाट एक बालिकाको मृत्यु, स्थानीयले गरे बसमा आगजनी





जनकपुरधाम ।
विद्यालयको बसले ठक्कर दिँदा धनौजीमा एक बालिकाको मृत्यु भएको छ । जनज्योती बोर्डिङ्ग स्कुलको बस विद्यार्थी लिन गईरहेको समयमा विद्यालय गईरहेकी एक बालिकालाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको हो । जनज्योती स्कुलको बा३प ९०६५ नम्बरको बसको ठक्करबाट मृत्यु हुनेमा धनौजी २ कटैयाको आरोही कुमारी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।
ठक्कर दिने बसको चालक फरार रहेको र उनको खोजी कार्य भईरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
यता घटनापछि आक्रोशित स्थानीयले ज्ञानज्योती बोर्डिङ्ग स्कुलको बसमा आगजनी समेत गरेका छन् । आगजनीबाट बसमा पूर्ण रुपमा क्षति पुगेको उनले बताए ।