Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारत र चीनबीच सिमानामा गस्तीसम्बन्धी सम्झौता





एजेन्सी ।
भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा एक सम्झौता भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २२–२३ अक्टुबरमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गर्नुअघि सोमबार भारतीय विदेश मन्त्रालयले वास्तविक नियन्त्रण रेखा अर्थात् एल.सी.मा हुने गस्तीको विषयमा चीनसँग सम्झौता भएको जानकारी दिएको हो ।
सोमबार भारतीय विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार भारत–चीनबीच कूटनीतिक र सैन्य स्तरमा भएको वार्ताको नतिजा हो हो ।
यद्यपि यस सम्झौताको विषयमा विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । तर कतिपयले यसलाई दुई देशबीचको सम्बन्ध सुधारको संकेतको रुपमा हेरेका छन् । त्यसो त यस्ता सम्झौता विगतमा पनि भएका थिए तर सीमा क्षेत्रमा भारत र चीनबीचको तनाव अन्त्य भने भएको छैन ।
सोमबार भारतीय विदेशमन्त्री डा. एस जयशंकरले निजी समाचार च्यानल एनडिटिभीको एक कार्यक्रममा तनाव कम गर्नका लागि भारत र चीनबीच भएको वार्तामा सहमति जुटेको र यस सम्बन्धी थप जानकारी आगामी दिनमा सार्वजनिक हुने बताएका छन् । उनले सन् २०२०सम्म भारतले चीनसँग जोडिएको सिमानामा जहाँसम्म सैनिक गस्ती गर्थ्यो, त्यहाँसम्म फेरि गस्ती गर्न पाउने पनि बताएका छन् ।
उनले भनेका छन्, ‘एलसीमा सन् २०२० भन्दा पहिले जस्तो स्थिति थियो त्यो स्थिति बहाल हुने छ । यो एक महत्वपूर्ण घटनाक्रम हो । तर यसको पूरा असर आँकलन गर्न अहिले नै हतार हुन्छ ।’
भारत र चीनबीच गस्तीका विषयमा भएको सम्झौतालाई कतिपय जानकारले सम्बन्ध सुधारको राम्रो सुरुवात भएको टिप्पणी गरेका छन् । भारत–चीन मामलाका जानकार एवम् कलिंगा इन्सटिच्युटमा इण्डो–प्यासिफिक स्टडिजका संस्थापक अध्यक्ष प्रोफेसर चिन्तामणि महापात्राले भनेका छन्, ‘तनाव अन्त्यको यो राम्रो सुरुवात हो किनभने केही महिनायता कूटनीतिक र सैन्य स्तरमा भारत र चीनबीच जे वार्ता भएको थियो, यो त्यसैको नतिजा हो । तर केबल एक सम्झौताले मात्रै दुई देशबचीको सबै तनाव अन्त्य हुँदैन ।’
तर सम्बन्ध सामान्य हुने प्रक्रियामा भने यसलाई पहिलो कदमको रुपमा लिन सकिने उनले बताएका छन् ।