Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाम उपमहानगरमा सरसफाई देखि शव व्यवस्थापनसम्ममा अनियमितता

ग्यास सिलिण्डरको दुरुपयोग, गम्छा खरिदमा पनि अनियमितता





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुुख मनोजकुमार साह जनता माझ विभिन्न वाचाहरु गरेर निर्वाचन लडे । उनीमाथी विश्वास गरेर यहाँका जनताले उनलाई जनकपुरधामको नगरप्रमुख पदमा निर्वाचित गराए । तर उनी निर्वाचित भएर अढाई वर्षको कार्यकाल बिताई सक्दा समेत आफैले गरेका वाचाहरुको धज्जी उडाएको यहाँका स्थानीय नागरिकको दावी छ । यो दावीलाई महालेखा परिक्षक कार्यालयको आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदनले बल पुर्याई रहेको छ ।
महालेखापरीक्षकको कार्यालयले गत आर्थिक वर्षको प्रारम्भिक प्रतिवेदनमा उपमहानगरमा भएका थुप्रा सैद्धान्तिक र लगती बेरुजु औंल्याएको छ ।
नगर प्रमुखको उम्मेदवारी दिँदा जनकपुरधामलाई सफा र स्वच्छ सहरको रुपमा विकास गर्ने वाचा यहाँका जनतासंग गरेका थिए । यसका लागि निर्वाचित भएको एक साल भित्रै ल्याण्डफिल्ड साइटको निक्र्यौलय लगाउने उनको प्रतिवद्धता पत्रमा उल्लेख थियो । उनको ल्याण्ड फिल्ड साइटको निक्यौल लगाउने प्रतिबद्धता त परै जाओस नगरलाई राम्ररी सफासम्म राख्न सकेनन् । अहिले पनि उपमहानगरले फोहोर मैला फाल्नकालागि भाडाको जग्गा प्रयोग गर्दै आईरहेको पाइएको छ । प्रतिवेदन अनुसार फोहोर मैला फाल्नकालागि निजि जग्गा भाडामा लिई ७ लाख ७७ हजार ५ सय रुपैयाँ खर्च गरेको उल्लेख छ । यसलाई महालेखाले सैद्धान्तिक बेरुजुको रुपमा परिभाषित गरेको छ ।
उपमहानगरमा सरसफाईको नाममा बेरुजु मात्रै नभई अनियमितता समेत भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुुसार इन्धन खर्च, सरसफाई तथा कार्यालय प्रयोजन शिर्षकमा १ करोड ५८ लाख ५७ हजार ७ सय ५३ रुपैयाँ खर्च भएकोमा ५३ लाख ३५ हजार ३ सय २० रुपैयाँको अनियमितता भएको उल्लेख छ ।
शव व्यवस्थापनमा समेत भ्रष्टाचार
उपमाहनगरमा शव व्यवस्थापनको नाममा समेत ५ लाख रुपैयाँको अनियमितता भएको पाइएको छ । कामै नगरी रकम भुक्तानी गरिएको महालेखा प्रतिवेदनको दाबी छ । प्रतिवेदनको ५१।२ बुँदामा भनिएको छ — ‘विपद् व्यवस्थापन कोषबाट बेवारिसे शव व्यवस्थापन गर्न बेवारिसे शव व्यवस्थापन समितिलाई ५ लाख रुपैया भुक्तानी दिइएको तर समितिले सो रकमबाट कति खर्च गरेको कति बांकी छ प्रमाण पेश नभएकाले सो रकम खर्चको कार्य प्रतिवेदन पेश गर्नुपर्ने ।’
यति मात्र नभई विपद व्यवस्थापन कोषबाट कपडा, ज्याकेट, मास्क, ट्रयाकसुट, ग्लोभ, बल्केट, दाउरा आदि खरीदको नाममा ६ लाख ९ हजार १३५ रुपैया भुक्तानी गणेश प्रसाद यादव भन्ने व्यक्तिलाई गरिएको । तर सो सामाग्री वितरणको भरपाई र लागत अनुमान देखिएको सो को प्रमाण नदेखिएको ठहर गर्दै प्रमाण पेश गर्ने भनी पेश नगरेको खण्डमा असुल उपर गर्न भनेको छ ।
गम्छा खरीदमा अनियमितता
उपमहानगरपालिकाले बजारमा खुद्रा १००/१२५ रुपैयामा पाइने केसरिया रङ्गको प्रति गम्छा तीन सय ५९ रुपैयाँमा खरिद देखाई व्यापाक अनियमितता गरेको महालेखाको प्रतिवेदनले जनाएको छ । यस्तो गम्छाको बजारमूल्य खुद्रा प्रतिगोटा दुई सय पचास रुपैयाँ पर्छ भने बढी सँख्यामा खरिद गर्दा प्रतिगम्छा १ सय ५० रुपैयाँ पर्ने स्थानीय एक व्यापारीको भनाई छ ।
उपमहानगरपालिकाले गत आर्थिक वर्षमा अतिथि सत्कारका लागि भन्दै विविध शीर्षकबाट तीन सय ५९ रुपैयाँ ३४ पैसाका दरले प्रयुष जेनरल अर्डर सप्लायर्सबाट दुई हजार पाँच सय केशरिया गम्छा खरिद गरेको छ । सो गम्छावापत बुझाइएको ८ लाख ९८ हजार तीन सय ५० रुपैयाँ खर्चको पुष्टि नभएको औंल्याएको छ ।
प्रतिवेदनमा त्यस खरिद कार्यको उचित छानबिन गरी खरिद भएको भए वितरणको भर्पाइ पेस गर्नुपर्ने अन्यथा वितरणमा संलग्न पदाधिकारीलाई जिम्मेवार बनाई असुलउपर गर्नुपर्ने भनेको छ ।
ग्यास सिलिण्डरको दुरुपयोग
उपमहानगरपालिकाले गत आर्थिक वर्षमा लाखौ रुपैया बराबरको खरिद गरिएको ग्यास सिलिन्डर तथा ग्यास चुल्हो अझै वितरण गरेको छैन । वास्तविक बजार मूल्यभन्दा बढीमा खरिद गरेर कमिसन कुम्ल्याउन उपमहानगरपालिकाले अनावश्यक वस्तु खरिद गर्ने तर तिनलाई वर्षौँसम्म भण्डारमा थन्क्याउने गरेको आशंकाले पुष्टयाउंछ ।
महालेखापरीक्षक प्रतिवेदनले उपमहानगरपालिकाले गत आर्थिक वर्षमा खरिद गरेको ग्यास सिलिन्डर ८५ थान र ग्यास चुल्हो ८५ थान वितरण भएका छैनन् । आपूर्ति योजना नबनाई, आवश्यक नपर्ने र चाहिनेभन्दा बढी वस्तु खरिद गर्दैआएको उपमहनगरपालिका कार्यालयले राघव जनरल सप्लायर्सबाट ४ लाख ६३ हजार २ सय ५० रुपैयाँमा खरिद गरेको ती सामग्री वर्ष दिनपछि भण्डारमै थन्केको छ ।
महालेखापरीक्षक प्रतिवेदनमा ग्यास चुल्हो र ग्यास सिलिन्डर आवश्यक्ता बिना खरिद गरिएको र यसले सरकारलाई व्ययभार परेको उल्लेख छ । प्रतिवेदनले सो खरिद कार्यमा संलग्नहरू र दामकाम गर्नेहरूलाई जिम्मेवार बनाई सामान वितरणको प्रमाण पेस गर्न भनेको छ ।
बारुणयन्त्र खरिदमा अनियमितता
आर्थिक वर्ष २०७९/०८० को महालेखापरीक्षकको प्रारम्भिक प्रतिवेदनले उपमहानगरपालिकाले बारुणयन्त्र खरिद गर्दा प्राविधिक स्पेसिफिकेसनमा उल्लेखित मापदण्ड अनुसार कम विषय मिलान गरेको फर्मबाट लागत अनुमानकै हाराहारीमा पेस भएको प्रस्ताव स्वीकृत गरिएको भन्दै ८९ लाख ९० हजार रुपैयाँ अनियमितता भएको ठहर गरेको छ ।
उपमहानगरपालिकाले बारुणयन्त्र खरिदका लागि ९० लाख रुपैयाँ विनियोजन गरेको थियो । बारुणयन्त्र खरिदका लागि बजेटकै हाराहारीमा लागत अनुमान तयार गरेर म्याप इन्टरनेशनलले न्यूनतम कबोल गर्दा ८९ लाख ९० हजारमा खरीद गरेको छ ।
प्राविधिक स्पेसिफिकेसनमा ३२ वटा विषयमा पूर्णता भएमा मात्र आर्थिक प्रस्तावका लागि ग्राह्य भएको प्रावधान राखिए पनि खरिदका छनोट भएको फर्मका २२ वटा विषयमा मात्रै स्पेसिफिकेसन मिलेको अवस्थामा खरीद गरिएको छ ।
बारुणयन्त्र खरिद कार्यको स्पेसिफिकेसनमा बारुणयन्त्रको ४ हजार ५ सय लिटर वाटर ट्यांक, ५ सय कोय क्षमता, ह्विलबेस९४००–५४०००, एमएन, जिमि डब्ल्यु ल्यत भिकक तजबल १६ हजार किलो लगायतका ३२ वटा विषय खुलाई बोलपत्र गरिएको थियो । टेन्डर डकुमेन्टमा ३२ वटा विषयमा स्पेसिफिकेसन तोकेर कतिपय सम्भावित प्रतिस्पर्धी फर्महरूले ठेक्कामा भाग लिन नसक्ने बनाइएको थियो । महालेखापरीक्षक प्रतिवेदनले त्यसबाट प्रतिस्पर्धामा नकारात्मक असर परेको औंल्याएको छ ।
बारुणयन्त्रको लागत अनुमान तयार गर्दा तीनवटा दररेटलाई आधार लिइएको छ । अन्य सरकारी कार्यालयले खरिद गरेको दरसमेतलाई आधार लिई लागत अनुमान तयार नगरिएको महालेखाको भनाई छ ।