Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

न्युजीलैण्डले भारतलाई ३६ वर्षपछि उसकै घरमा टेस्ट मैचमा हरायो





एजेन्सी ।
न्युजीलैण्ड बिरुद्धको पहिलो टेस्ट मैचमा भारत ८ विकेटले पराजित भएको छ । भारतले दोस्रो इनिंगमा दिएको १ सय ७ रनको झिनो लक्ष्य न्युजीलैण्डले २ विकेट क्षतिमा पूरा गर्दै भारतलाई पराजित गरेको हो ।
यो जीतसंगै न्युजीलैण्डले ३ टेस्ट मैचको श्रृंखलामा १–०को अग्रता लिएको छ । भारतलाई उसकै घरमा न्युजीलैण्डले ३६ वर्षपछि कुनै टेस्ट मैचमा पराजित गरेको हो । न्युजीलैण्डलाई जित दिलाउन दोस्रो इनिंगमा विल योङ्गले ४८ र रचिन रविन्द्रले ३९ रनको योगदान गरे ।
यस अघि पहिलो इनिंगमा ३ सय ५६ रनले पछाडी परेको भारतीय टोलीले दोस्रो इनिंगमा सरफराज खानको शतकीय पारीको सहयोगमा ४ सय ६२ रन बनाएको थियो । सरफराजले १ सय ५० रनको योगदान गरे भने ऋषभ पन्त शतकबाट चुक्दै ९९ रनमा आउट भए । विराट कोहलीले ७० र कप्तान रोहित शर्माले ५२ रनको योगदान गरे ।
दोस्रो इनिंगमा म्याट हैनरी र विलियम पिटरले ३/३ विकेट लिन सफल भए ।
यस अघि पहिलो इनिंगमा ४६ रनमै समेटिएको भारत बिरुद्ध न्युजीलैण्ड ३ सय ५६ रनको अग्रता लिदै ४ सय २ रनको योगफल तयार पारेको थियो ।