Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाममा युवाहरुले धोतीकुर्ता तथा साडी लगाएर निकाले जुलुश





जनकपुरधाम ।
मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचार प्रसार गर्ने उद्देश्यले युवाहरुले धोती कुर्ता तथा साड़ी जुलुश निकालेका छन् । पछिल्लो समय युवाहरुमा मिथिलाको मुख्य पोशाकको रुपमा रहेको धोती कुर्ताप्रति बढ्दै गईरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरुले जनकपुरधाममा धोर्तीकुर्ता तथा साड़ी जुलुश निकालेका हुन् ।
धोती कुर्ता तथा साड़ी लगाएका सयो युवा युवतीले जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पुगेर मन्दिरको परिक्रमा गरेका हुन् । मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरुरले नै जोगाउनु पर्छ भन्ने उद्देश्यले आफूहरुले यो जुलुश निकालेको जुलुशमै सहभागी सुमित जलानले बताए । उनले यसलाई अभियानकै रुपमा आफूहरुले अगाडी बढाएको बताए ।
यता धोर्तीकुर्ता तथा साड़ी जुलुश अभियानको अगुवाई गरिरहेका मोहन महतो कोइरीले आफूले यो अभियान विगत ७ वर्षदेखि चलाउँदै आईरहेको तथा यो अभियान यस पटक प्रत्येक छठ घाटमा लाने हाम्रो तयारी रहेको बताए । उनले आउन लागेको मिथिलाको पर्व छठको समयमा धोती कुर्ता लगाएरै छठको घाटमा पुग्न अपिल गरे ।
युवतीहरुमा साड़ीप्रति आकर्षण रहेपनि साडी लगाउने तरिकामा आधुनिकताले छोइरहेकोप्रति जुलुशमा सहभागी विनिता महतोले दुःख व्यक्त गरिन् । उनले युवतीहरुलाई हाम्रा पुर्खाले जसरी लगाउँथे त्यसरी नै साड़ी लगाउन आग्रह समेत गरिन् । विनिताले सबैलाई सीधा पल्लामा साडी लगाउन आग्रह गरिन् ।