Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सहकारी ठगीमा सभापति पक्राउ परेपछि रास्वपाको जिल्ला भेला स्थगित





काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला अधिवेशनहरू तत्लकालाई स्थगित गरेको छ । पार्टी सभापती रवि लामिछाने सहकारीको रकम ठगीमा पक्राउ परेपछि रास्वपाले अधिवेशन स्थगित गर्न निर्देशन दिएको हो । गत बिहीबारदेखि रास्वपाले जिल्ला भेला सुरु गरेको थियो । सहकारी ठगीमा सभापति पक्राउ परेपछि रास्वपाको जिल्ला भेला स्थगित
रास्वपाले विकसित राजनीतिक घटनाक्रमका कारण भन्दै जिल्ला अधिवेशन स्थगित गर्न सर्कुलर गरेको छ । र, पार्टी सभापति पक्राउको विरोध गर्न जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम गर्न निर्देशन दिएको छ ।
‘राजनीतिक प्रतिशोध साँधेर सरकारले दोषीलाई च्याप्ने निर्दोषलाई न्याक्ने गरी अराजनीतिक कदम चालेको विरोधमा भोलि देशैभर जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम आयोजना गर्न समेत यसै सूचना मार्फत अनुरोध गर्दछौं,’ कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनामा उल्लेख छ । प्रहरीले जिल्ला अदालत कास्कीबाट अनुमति लिएर शुक्रबार लामिछानेलाई रास्वपाकै पार्टी कार्यालयबाट पक्राउ गरेको हो । लामिछानेमाथि सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोप छ । तर, रास्वपाले भने राजनीतिक प्रतिशोध साँध्न सभापति लामिछानेलाई पक्राउ गरिएको बताएको छ ।