Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बङ्गलादेशको अन्तरिम सरकारद्वारा ८ सरकारी बिदा रद्द





एजेन्सी ।
बङ्गलादेशमा मोहम्मद युनुसको सरकारले स्वतन्त्रता र स्थापना दिवससँग सम्बन्धित ८ वटा सरकारी बिदा रद्द गरेको घोषणा गरेको छ । यी मध्ये, दुई सबैभन्दा महत्त्वपूर्ण मितिहरू मार्च ७ र अगस्ट १५ समावेश छन् ।
मार्च ७ मा बङ्गलादेशका संस्थापक शेख मुजिबुर रहमानले भाषण दिएर पाकिस्तानी सेनाको विरुद्धमा सम्पूर्ण देशलाई एकजुट गरेको दिन हो । अहिले यो दिनलाई त्यहाँ स्वतन्त्रताको बिगुल फुकेको दिनका रूपमा स्मरण गरिन्छ ।
त्यस्तै बङ्गलादेशमा अगस्त १५ मा शोक मनाइन्छ । सन् १९७५ को अगस्ट १५ मा बङ्गलादेशका धेरै सेनाका अधिकारीहरूले शेख मुजिबुर रहमानको घरमा प्रवेश गरी उनको हत्या गरेका थिए । यस दिन त्यहाँ शोक मनाइएको थियो । युनुस नेतृत्वको सरकारले यी दुवै दिनको बिदा रद्द गर्ने निर्णय गरेको छ ।
यो निर्णय लिनेमा शेख हसिनाको विरुद्धमा आन्दोलन सुरु गरेका व्यक्तिहरू पनि पर्छन् । जसले पछि उनको पदच्युतको नेतृत्व गरेको थियो । शेख मुजिबुर रहमानकी छोरी शेख हसिनाको पार्टी अवामी लिगले बिदा रद्द गरेकोमा विरोध गरेको छ । पार्टीले आफ्नो फेसबुक पेजमा गैरकानुनी सरकारले बंगलादेश निर्माणको इतिहासलाई नष्ट गर्न खोजेको टिप्पणी गरेको छ । लिगले देशमा पाकिस्तानको विचारधारा थोपाउन चाहेको उल्लेख गरेको छ ।
त्यस्तै बिहिबार बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । न्यायाधिकरणले हसिनासहित ४६ जनालाई पक्राउ गरी नोभेम्बर १८ सम्म न्यायाधिकरणमा पेश गर्न निर्देशन दिएको छ ।